२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

बागेश्वरी एग्रो सीड प्रालिको सार्वजनिक सुनुवाई



सदरलाइनडटकम
२८ पुस, नेपालगन्ज : बाँकेमा सञ्चालनमा रहेको बागेश्वरी एग्रो सीड प्राईभेट लिमिटेड नेपालगन्जले शुक्रबार दोश्रो सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
साना तथा मझौला कृषक आयस्तर बृद्धि योजना बाँकेको कृषि व्यवसाय अनुदान सहयोगमा प्राप्त मसुरो बीउ उत्पादन, खरीद, प्रशोधन तथा बजारीकरण उपआयोजना अनुदानमा  सञ्चालित  कार्यक्रमको  सार्वजनिक  सुनुवाई  गरिएको हो ।
बागेश्वरी एग्रो सिडका अध्यक्ष हरदेव बक्स चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कुल ३ करोड ४५ लाख ९३ हजार ४ सय बजेटमा उपआयोजना सञ्चालन भएको जानकारी गराईएको छ । डिस्ट्रिक्ट एनजीओका प्रतिनिधि पार्वती घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक सुनुवाईमा ६५ लाख ६९ हजार २ सय १७ रुपैयाँ ७६ पैसा अनुदान सहयोग प्राप्त भएको प्रालिका प्रबन्ध निर्देशक सच्चिदानन्द उपाध्यायले जानकारी गराए ।
प्रबन्ध निर्देशक उपाध्यायका अनुसार परियोजनाबाट प्राप्त रकम जसमध्ये कन्सट्रक्शन तर्पm ३२ लाख ७ हजार ५ सय ४८ रुपैयाँ अनुदान रहेको छ भने मेशीनरी औजार तर्पm २६ लाख ९ हजार ६ सय १६ रुपैयाँ अनुदान सहयोग प्राप्त भएको हो ।
प्रबन्ध निर्देशक उपाध्यायका अनुसार कन्सट्रक्शनको काम ९० प्रतिशत भन्दा बढी सम्पन्न भईसकेको र मेशिनरी औजारको टेण्डर स्वीकृत भई फ्याक्ट्रीबाट आउने क्रममा रहेको छ ।

प्रकाशित मिति : २०७४ पुस २८ गते शुक्रबार
ताजा समाचार