२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त समावेशी प्यानलको घरदैलो जारी



सदरलाइनडटकम
११ साउन कोहलपुर : आगामी साउन १५ गते हुन लागेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि दुई प्यानल बनाएर कोहलपुरका व्यावसायी मतदातालाई आफ्नो पक्षमा पार्नको लागि घरदैलोमा व्यस्त छन् ।
चक्रबहादुर अधिकारीको नेतृत्वमा चुनावी मैदानमा रहेको संयुक्त समावेसी प्यानलले ढकेरी, अगैया र कुसुमका मतदाताको घरदैलोमा पुगेका छन् । उनीहरुले आफ्नो प्यानलले संघको नेतृत्व गर्ने अवसर पाएमा यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि पहल गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्लाको पूर्वि क्षेत्र राप्तीसोनारी गाउँपालिका भित्र रहेका विभिन्न स्थानहरु पर्यटकिय क्षेत्र संभावना भएकोले ती क्षेत्रमा पर्यटकीय संरचनाको समेत विकासको लागि पहल गर्ने उनीहरुको भनाई रहेको छ ।
अध्यक्ष पदका उम्मेदवार अधिकारी सहित २१ सदस्यीय कार्यसमितिका लागि संयुक्त समावेसी प्यानल बनाएर घरदैलो अभियानमा हिडेका उम्मेदवारसंग ढकेरीका व्यापारीहरुले भने,–‘ढकेरी, अगैया, खासकुस्मा लगायतको स्थानको विकासका लागि तपाईको नेतृत्वमा पहल गरि दिनुप¥यो ।’
अध्यक्षका उम्मेदवार अधिकारीले आफूले भाषणमा भन्दा बढी व्यावसायीको हीतमा काम गर्ने र व्यावसायीको बीचमा नेतृत्वको भावना विकास होस भनेर एक पद एक कार्यकालको घोषणा गरेको बताए ।
राप्ती सानोरी गाउँपालिका वडा नम्बर १ कुसुमका मतदाता व्यावसायी देवमणी ढकालले भने–‘हामीलाई यहाँ व्यवसाय गर्न सुरक्षाको आवश्यकता छ, संयुक्त समाबेवशी प्यानलमा व्यावसायिक सुरक्षाको प्रत्याभूति गराउन सक्ने जुझारु नेतृत्वसंगै सबै उम्मेदवार एक सय एक क्षमतावान छन् जसले जितेर काम गर्छन् भन्ने मलाई विश्वास छ ।’
कुसुम दाङ्ग र बाँके जोड्ने पुरानो बजार भए पनि यहाँको विकासमा उद्योग वाणिज्य संघको ध्यान नगएकाले यहाँको विकासका लागि पहल गरिदिन समेत ढकालले आग्रह गरे । वर्षायामको झरीमा भिज्दै घरदैलोमा हिडेका अधिकारी सहितको संयुक्त समावेसी प्यानललाई अगैयाका व्यापारीहरुले पनि स्वागत तथा शुभकामना दिएका छन् ।
आफूहरुलाई उद्योगी व्यापारीहरुको पक्षमा लड्ने नेतृत्व चाहिएको घरदैलोमा पुगेका संयुक्त समावेसी व्यानलका उम्मेदवारहरुसंग कुराकानी गर्दै अगैयाका व्यापारीले आफूहरुको साथ र सहयोग रहेको जनाएको संयुक्त समावेसी प्यानलबाट महासचिव पदमा उम्मेदवारी दिनुभएको तेज प्रसाद अधिकारीले जानकारी दिए ।
घरदैलो अभियानमा हिडेका संयुक्त समावेसी प्यानलबाट वरिष्ठ उपाध्यक्ष नमप्रसाद शर्मा, उद्योग तर्फका उपाध्यक्ष देवानन्द अर्याल, वाणिज्य तर्फको उपाध्यक्ष लक्ष्मण पौडेल, महासचिव तेजप्रसाद अधिकारी, उपमहासचिव मातृका सापकोटा, कोषाध्यक्ष सुनिल खनाल, सह कोषाध्यक्ष ईश्वर श्रेष्ठसहित सबै उम्मेदवारलाई मतदाताहरुले सहयोग गर्ने बताएका छन् ।
संयुक्त समावेसी प्यानलबाट वस्तुगत सदस्य पदमा रेखीराम विक , खुला सदस्यहरुमा खुमबहादुर खत्री, चण्डीप्रसाद गैरे, टिकाराम देवकोटा, तेजबहादुर शाही, दिपकबहादुर भण्डारी, धनबहादुर बुढाथोकी, नविन खड्का, प्रेम सुवेदी, युज्ञराज रेग्मी, सिता कार्की, अन्जना धिताल र संगिता सुवेदीले उम्मेदवारी दिएका छन् । विहान संयुक्त समावेसी प्यानलले राप्नी सोनारी गाउँपालिकामा पर्ने ढकेरी, अगैया, कुसुम, नयाँगाउँका उद्योगी, व्यापारी तथा व्यवसायीहरुसंग भेटघाट गरेका छन् । 

प्रकाशित मिति : २०७४ साउन ११ गते बुधबार
ताजा समाचार