२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

लक्ष अनुसार भन्सार राजश्व संकलन



सदरलाइनडटकम  IMG_9957
२८ असोज, नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा भन्सार विभागले तोकेको लक्ष अनुसारको राजश्व सजिलै उठाउन सफल भएको जनाएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्रकुमार हमालले भन्सार विभागले कार्यालयलाई तोकेको लक्ष साउन र भदौ महिनामा सजिलै पुरा भए पनि असोजमा भने नेपालीहरुको मुख्य पर्व बडा दशैको कारण प्रभावित हुन सक्ने बताए ।
उनले भने–‘ विभागले तोकेको लक्ष हामीले साउन करिव १ सय ५ र भदौमा १ सय ९ प्रतिशत  राजश्व  उठाउन  सफल भएका छौ । असोजमा भने दशैको कारण केही प्रभावित हुने हाम्रो आशंका छ ।’ उनले असोजको १८ गतेसम्मको भन्सार राजश्व ७१ प्रतिशत उठाएको जानकारी दिए ।
प्रमुख भन्सार अधिकृत हमालले भन्सार विभागले कार्यालयलाई साउन महिनामा ३२ करोड ८० लाख ७५ हजार लक्ष दिएकोमा सहजै रुपमा कार्यालयले १ सय ४ दशमलभ ७ प्रतिशत राजश्व उठाउन सफल भएको जानकारी दिए ।
यसैगरी कार्यालयले भदौ महिनामा ४१ करोड ५१ लख ९८ हजार लक्ष पार गर्दै १ सय ९ दशमलभ ४७ प्रतिशत राजश्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई असोजमा ३५ करोड ९२ लाख १ हजार तोकेकोमा असोज १८ सम्म ७१ प्रतिशत मात्र संकलन गर्न सफल भएको छ ।
विभागको लक्ष पुरा गर्नको लागि बडा दशैको नवमी र दशमीको दिनमा मात्र कार्यालय बिदा हुने भए पनि पर्वको कारण कारोवार न्यूनहुने संभावना संगै असोज महिनाको लक्ष पुरा गर्नमा चुनौती देखिएको हो । खुला सीमा नाकाको कारण भन्सार चोरी पैठारी समस्याको रुपमा रहेको भए पनि विभिन्न पक्षसंगको सहकार्यमा चोरी निकासीमा कमी हुनेको साथै असोज महिनामा भने नेपालीहरुको महान पर्व बडादशै परेको कारण बिभागले तोकेको राजश्व संकलनमा प्रभावित हुनसक्ने उनको भनाई छ । नेपालगन्ज नाकाबाट आयात हुने मुख्य सामाग्रीहरुमा मोटर पार्टस, पेट्रोलियम पदार्थ, मोटरसाईकल, मोटर, सिमेन्टको क्लिन्कर, कपडा, मेसिनरी सामान लगायतको रहेका छन् ।

प्रकाशित मिति : २०७३ असोज २८ गते शुक्रबार
ताजा समाचार