२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

एम्बुलेन्स सुविधा सम्पन्न एसी सस्पेन्सन बस सञ्चालनमा



सदरलाइनडटकम,     
२ असोज, नेपालगन्ज : भेरी यातायात प्रालिले बर्दियाबाट यात्रुहरुलाई स्तरीय सेवा पु¥याउने उद्देश्यका साथ एम्बुलेन्स सुविधा सम्पन्न वातानुकुलित एसी बस सञ्चालनमा ल्याएको छ ।सोमबारबाट बर्दिया–काठमाण्डौं सेवा सुरु गर्ने तयारीमा रहेको सो बसमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा ल्याईएको प्रालिका अध्यक्ष राजेन्द्र गिरिले जानकारी दिए ।

IMG_9563

उनले भने–‘हामीले पहिलो पटक बर्दियाबाट वातानुकुलित (एसी) सस्पेन्सन बस, जिपिएस सिस्टम जडान गरीएको, विरामीको लागि बस मै अक्सिजन सिलिण्डर राखेर एम्बुलेन्सको जस्तै सेवा दिन सकिने र टिकटको लागि पनि अनलाईन बुकिङ्गको व्यवस्था सहित १२ वटा बस सञ्चालनमा ल्याएका छौ ।’
उनले सुविधा युक्त बस सञ्चानमा ल्याउदा ‘सिण्डिकेट’ पक्षधरका व्यावसायीले आफ्नो बस सञ्चालनमा ल्याउन नदिने भन्दै विभिन्न धम्की दिनुको साथै तीनवटा बसमा तोडफोड समेत गरेको प्रति दुखेसो व्यक्त गरे । उनले सुविधा बढाएर यात्रुको मन जितेर सेवा दिनु पर्ने बेलामा बसमा बस्दा यात्रुको कपडा च्यातिने तथा बसको अवस्था नै अति नै जिर्ण भएका बसमा यात्रुको जीवन नै जोखिममा राखेर बस सञ्चालन गर्नेहरुबाट आफुहरु माथि आक्रमण भएकोे दावी गरे ।

IMG_9567
उनले बसमा सिसिटिभि जडान गरिएको, स्वच्छ खाना खुवाउने र दैनिक राजापुर शान्तिबजारबाट एक, ताराताल गुलरियाबाट एक गरी दुई बस काठमाण्डौको लागि छुटाउने गरी तयारी गरिएको जानकारी दिए । उनले बसको गति तथा अवस्था जान्नको लागि बसमा सिसिटिभि क्यामरा र जिपिएस प्रणाली जडान गरिएको बताए । यो सिस्टमले बसको गती, तथा अवस्थाको बारेमा सिधै सञ्चालकलाई जानकारी हुने भएकोले हरेक दुष्टिले सुरक्षित समेत हुने उनले दावी गरे ।
उनले भेरी यातायात प्रालिले जिपिएस सिस्टमको लागि नेक्सजेन आईटी ईन्टरनेशनल प्रालिसंग सम्झौता समेत गरेको र अनलाईन टिकेटिङ्गको लागि फ्रेण्डस ग्रुप प्रालिले सेवा दिनेगरी सम्झौता भएको बताए । आईतबार नै दुबै कम्पनीसंग आफुहरुले सम्झौता गरेको उनले बताए ।IMG_9549
बसमा जिपिएस सिस्टमको लागि जिम्मेवारी लिएको नेक्सजेन आईटी ईन्टरनेशनल प्रालिका बिनम्र शर्माले यो सिस्टमले बसको गतिलाई कन्ट्रोल गने, बसको अवस्था कन्ट्रोल रुममै बसेर जानकारी लिन मिल्ने, सबै यात्रुको अवस्थाको फोटो सिसिटिभिले पठाउने, बस कहाँ छ भन्ने कुरा तुरुन्तै हेर्न सकिने र दुर्घटना भएमा तत्काल कन्ट्रोल रुम तथा सञ्चालकलाई जानकारी दिने गरी प्रोग्रामिङ्ग गरिएको बताए ।
यसैगरी टिकेटिङ्गको लागि फ्रेण्डस ग्रुप प्रालिका मखन श्रेष्ठले भेरी यातायात प्रालिको बसको टिकटको लागि घरमै बसेर अनलाईनमार्फत टिकट लिनसक्ने तथा टिकट बुक गर्नसक्ने व्यवस्थाको साथै यात्रुको माग अनुसार घरमै टिकट पु¥याउन सक्ने गरी व्यवस्था मिलाईएको बताए ।

IMG_9557

प्रकाशित मिति : २०७३ असोज २ गते आइतबार
ताजा समाचार