२०८३ कात्तिक १५ , शनिबार
Sadarline
२०८३ कात्तिक १५ , शनिबार

महोत्सवबाट ५८ लाखबढी बचत



सदरलाइनडटकम,
८ साउन, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघले मध्यपश्चिम क्षेत्रीय महोत्सव–२०७२ बाट ५८ लाखबढी रकम बचत गर्न सफल भएको सार्वजनिक गरेको छ ।   नेपालगन्जमा आयोजित कार्यक्रममा संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले प्रतिकुल अवस्थामा आयोजना गरिएको महोत्सवले लक्ष्य भन्दा दोव्बर रकम बचत गर्न सफल भएको भन्दै खुसी व्यक्त गरे । संघका प्रथम उपाध्यक्ष कपिलप्रसाद अधिकारीले स्वागत गरेको सो कार्यक्रममा कार्यसमिति सदस्य गोपाल अधिकारीले धन्यबाद व्यक्त गरेका थिए  IMG_7495 copy
संघले गत माघ २१ गतेदेखि फागुन २ गतेसम्म नेपालगन्जमा क्षेत्रीय महोत्सव लगाएको थियो । संघ सर्वाजनिक गरेको आयव्ययमा महोत्सव अवधिमा १ करोड २७ लाख ८९ हजार ९ सय ८० रुपैयाँ सङ्कलन भएको त्यसमा ६९ लाख ७५ हजार १ सय ५६ रुपैयाँ खर्च भएको र ५८ लाख १४ हजार ८ सय २४ रुपैयाँ बचत भएको जनाएको छ ।
सोही कार्यक्रममा संघले आयोजना महोत्सवको अवसरमा निकालिएको स्मारिका समेत विमोचन गरिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थ, स्थानीय विकास अधिकारी जीवलाल भूसाल, संघका पूर्व अध्यक्ष अच्यूत प्रसाई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, नेपाल राष्ट्र बैंकका निर्देशक भिष्मराज उप्रेती लगायतले बोलेका थिए ।
हालसम्मको महोत्सवबाट संकलन भएको रकम एक करोड मुद्धती खातमा राखेको संघले जनाएको छ । नेपालगन्जको सुर्खेतरोडमा रहेको सडक विभाग परिसरमा बहुसुविधा सहितको प्रर्दशनी हल निर्माणमा खर्च गरिने छ ।

IMG_7503 copy

प्रकाशित मिति : २०७३ साउन ८ गते शनिबार
ताजा समाचार