२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

व्यूटीपार्लर व्यावसायले आत्मनिर्भर बनायो अप्सरालाई



सपना विष्ट/सदरलाइनडटकम,
६ साउन, नेपालगन्ज : हुनेखाने महिलाको कपाल काट्नेदेखि रुप सिंगार्ने ठाँउले चिनिएको व्यूटीपार्लरमा अहिले सबै महिलाको पहँुच पुगेको छ । कुनैै बेला थियोे ब्यूटीपार्लर ब्यावसाय भन्ने बित्तिकै नकारात्मक दृष्टिले हेरिन्थ्यो । तर, अहिले अवस्था फेरीएको छ । मात्र फेशनको रुपमा व्यूटीपार्लरलाई नलिई कपाल, अनुहार छालाको उपचारको राम्रो थलो बनेको छ ।     IMG_7352 copy
‘कुनैबेला घरपरिवारका सदस्यबाटै व्यूटीपार्लर व्यावसाय नगर भनेर सल्लाह दिनेहरु अहिले आफै राम्रो व्यावसाय सञ्चालन गरेको भनेर प्रशंशा गर्ने गरेका छन्’–नेपालगन्ज–१२ चारबाहिनी नजिकै क्षमता व्यूटीपार्लरकी सञ्चालक अप्सरा खरेलले भनिन ।
उनले वितेका १६ वर्षदेखि व्यूटीपार्लर व्यावसाय सञ्चालन गर्दै आएको बताईन । व्यावसायमा आएपछि आफुमा पनि हौसला बढ्नुको साथै आत्मनिर्भर हुन सिकाएको उनको अनुभव छ । उनी भन्छिन–‘ मलाई यो व्यवसायले आत्मविश्वास बढाउनुको साथै आत्मनिर्भर बनाएको छ ।’ उनले घरपरिवार र श्रीमानको आफुलाई व्यावसाय सञ्चालनको लागि हौसला र सहयोगले नै आफुले निरन्तरता दिन सकेको दावी गरिन ।
उनले व्यूर्टी पार्लरको कमाईले घरखर्च पनि चलाउन सजिलो भएको सम्झदै भनिन–‘ पहिला स–सानो खर्चको लागि पनि श्रीमानको मुख ताक्नु पर्ने, नदिए खुम्चिएर बस्नु पर्ने, अड्कलेर दिएको पैसाले महिना भरीको खर्च चलाउनु पर्ने तर, आज अवस्था फेरीएको छ । आफै कमाउने भएकी छु घरखर्चको लागि आवश्यक स–सानो खर्च आफै गर्नसक्छु ।’
उनीकहाँ आउने ग्राहक सामान्यदेखि उच्च घरानाकासम्मका छन् । उनले ग्राहकको रुचि अनुसार आफुले सेवा दिने गरेको बताईन । कुनै–कुनै ग्राहकले भने कहिले काही आफुले दिएको सेवामा किचकिच गर्दा साह्रै मन दुख्ने गरेको अनुभव सुनाउदै भनिन–‘पार्लरमा आउने सबै ग्राहक मेरा लागि उत्तिकै हुन तर, कहिले काही भने कुनै कुनै ग्राहकले असंतुष्टि जनाउदा मन खिन्न हुने गरेपनि सबैको मन जितेर सेवा दिने गरेकी छु ।’ उनी कहाँ हेर कटिङ्ग, स्टेटपार्न, कलर गर्न, कर्ली बनाउन, अनुहार र छालामा ब्लीचगर्न, मोईस्चराईजिङ्ग गर्न तथा अन्य उपचारको लागि ग्राहक आउने गरेका छन् ।

IMG_7341 copy  IMG_7332 copy IMG_7340 copy

प्रकाशित मिति : २०७३ साउन ६ गते बिहीबार
ताजा समाचार