
भारत (पश्चिम बंगाल) : भारतको पश्चिम बंगाल, हावड़ास्थित रत्नाकर नर्थ प्वाइंट स्कूलको सभाहलमा ‘भारत क्यों निशाने पर’ नामक पुस्तकको लोकार्पण गरिएको छ ।
विप्लव विकासद्वारा लेखिएको सो पुस्तक लोकार्पण नेपाल तथा भारतका लेखक तथा पत्रकारको उपस्थिति रहेको थियो ।
सो लोकार्पण कार्यक्रममा दिल्ली विश्वविद्यालय हिंदी विषय प्रोफेसर अस्मिता मिश्रा, दिल्ली विश्वविद्यालयका डा. अनिरुद्ध सुधांशु, मानवाधिकार टुडे का सम्पादक डा शशि भूषण कुमार, सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरका नेता तथा सदरलाइन डटकमको सम्पादक रुद्र सुवेदी एवं स्कूलका प्राचार्य आनंद पांडेले ‘भारत क्यों निशाने पर ?’ पुस्तकको लोकार्पण संयुक्त रूपमा गरेका थिए ।
पुस्तकका लेखक विप्लव विकासले ‘भारत क्यों निशाने पर ?’ पुस्तक माथि चर्चा गर्दै पुस्तक थुप्रै सीरीजमा निकाल्ने योजना सुनाउदै अहिले लोकार्पण भएको पहिलो सीरीज भएकोले पाठकको रुची र सुझाव आफ्ना लागि मार्ग दर्शन हुने आगामी पुस्तक पाठक समक्ष ल्याउन आफुलाई उर्जा मिल्ने बताए ।
सो अवसरमा सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरका मो सदाव मलिक, अजमत अली सिद्दिकी, युवराज पाण्डे, सिवेन्द्र भण्डारी, सोम गुरुङ्ग, अमर खड्का, गिरिश गुप्ता, अरुण कलवार , सार्क जर्नालिष्ट फोरम भारत विहारका आदिल प्रवेज, अकलम कमाललगायतको सहभागिता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्