२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

रजनिकान्तको ‘काबाली’ले ईरफानको पोस्टर चोरेपछि….



rajinikanths-film-stole-madaari-poster-but-no-big-deal-irrfan-1

साउथ सुपरस्टार रजनिकान्तको फिल्म ‘काबाली’ प्रदर्शन पहिले नै चर्चामा छ । तर पछिल्लो पटक फिल्मको पोस्टर चोरी भएको पाईएपछि हंगामा भएको छ ।

काबालीको पोस्टर जस्ताको तस्तै वलिउड अभिनेता ईरफान खानको फिल्म’मदारी’सँग मिल्छ । दर्जनौं भवनहरुको बीचमा ईरफान रहेको ठाउँमा रजनिकान्त देखिएका छन् ।

मुम्बईमा आयोजित एक कार्यक्रममा ईरफानले नै रजनिकान्तको फिल्ममा आफ्नो फिल्मको पोस्टर चोरी भएको बोलेका थिए । मिडियामा तथा सामाजिक सञ्जालमा चोरीको चर्चाले हंगामा मच्चिएपछि ‘काबाली’ निर्माण टिमले भने चोरी नभएको दाबी गरेको छ ।

अर्को संयोग के छ भने ‘काबाली’ र ‘मदारी’ दुबै फिल्म जुलाई १५ मा रिलिज हुँदैछन ।

प्रकाशित मिति : २०७३ असार १५ गते बुधबार
ताजा समाचार