अपराध/घटना/दुर्घटना

नक्कली कागजातमा भित्रिएको खसी समातियो

नक्कली कागजातमा भित्रिएको खसी समातियो

    प्रकाशित मितिः सोमवार, माघ १३, २०७६       |
सदरलाइनडटकम, कोहलपुर (बाँके) : करीब ढाईसय खसी समातेको हप्तादिन नवित्दै बाँके प्रहरीले फेरी खसी समातेको छ । बाँके, बर्दियालगायत पश्चिमका विभिन्न जिल्लाबाट काठमाण्डौ पठाउन थालिएका २९ वटा खसी कोहलपुर प्रहरीले सोमवार बिहान समातेको हो । खसी बसमा राखेर काठमाण्डौ लैजाँदै गर्दा प्रहरीले समातेको हो । यस्तै कोहलपुर प्रहरीले आइतवार पनि ८३ वटा खसी पक्राउ गरेको थियो । पूर्वपश्चिम राजमार्गमा पर्ने सम्झनाचोक
वडाध्यक्षसहित सोह्र जुवाडे नियन्त्रणमा

वडाध्यक्षसहित सोह्र जुवाडे नियन्त्रणमा

    प्रकाशित मितिः सोमवार, माघ १३, २०७६       |
सदरलाइनडटकम, कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित तिलक अधिकारीको घरमा जुवा खेलिरहेको अवस्थामा १६ जना जुवाडेलाई २२ लाख ८२ हजार रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतको नेतृत्वको टोलीले राति १० बजे अधिकारीको घरमा छापा मार्दा १६ जना जुवाडे र उनीहरुबाट २२ लाख ८२ हजार रुपैयाँ बरामद गरेको हो । लामो समयदेखि अधिक
टर्कीमा भूकम्प जाँदा १९ जनाको मृत्यु

टर्कीमा भूकम्प जाँदा १९ जनाको मृत्यु

    प्रकाशित मितिः शनिबार, माघ ११, २०७६       |
सदरलाइनडटकम, काठमाण्डौ : टर्कीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ । एलाजिग प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएराति गएको भूकम्पका कारण ९ जनाको ज्यान गएको र केही भवन भत्किएका बीबीसीले जनाएको छ । भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानमा पनि महसुस गरिएको थियो । भूकम्पका कारण भवनहरुमा क्षति पुग्दा कयौँ घाइते भएका छन् । भूकम्पको ठूलो धक्कापछि ६० भन्दा बढी परकम्पहरू गएको टर्कीको विपद व्यवस्थ
श्रीमतीको मलद्वारमा अगुल्टो कोच्ने पक्राउ

श्रीमतीको मलद्वारमा अगुल्टो कोच्ने पक्राउ

    प्रकाशित मितिः शनिबार, माघ ११, २०७६       |
सदरलाइनडटकम, दाङ : श्रीमतीको मलद्वारमा अगुल्टो कोचेर घाइते बनाउने श्रीमानलाई दाङ प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा लमही नगरपालिका वडा नम्बर १ निवासी ६६ वर्षीय मेगबहादुर सार्कीले श्रीमती ५० वर्षीय सोदी खत्री सार्कीको मलद्वारमा आगोको अगुल्टो कोचिदिएर घाइते बनाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए । सार्कीको अवस्था गम्भीर रहेको छ । लमही अस्पतालमा प्राथम
आठ लाख घुसहित गाउँपालिका अध्यक्ष पक्राउ

आठ लाख घुसहित गाउँपालिका अध्यक्ष पक्राउ

    प्रकाशित मितिः शुक्रबार, माघ १०, २०७६       |
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटस्थित एक गाउँपालिकाका अध्यक्षसहित दुई जनालाई पक्राउ गरेको छ । जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित पक्राउ गरिएको हो । विभिन्न उपभोक्तामार्फत सम्पन्न भएको सडक निर्माणको रकम भुक्तानीका लागि विलभरपाई पेश गर्दा घुस मागेको सूचनाका आधारमा केसीसँगै रहेका चन्द्रबहादुर बस्नेतलाई आवश्यक अनुसन्धानका लाग
ट्याक्टर दुर्घटना हुँदा दैलेखमा एकको मृत्यु, दुई घाइते

ट्याक्टर दुर्घटना हुँदा दैलेखमा एकको मृत्यु, दुई घाइते

    प्रकाशित मितिः शुक्रबार, माघ १०, २०७६       |
सदरलाइनडटकम, दैलेख : ट्याक्टर दुघटना हुँदा दैलेखमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । शुक्रवार जाजरकोटको सुयाडादेखि दैलेखको भगवतीमाई गाउँपालिका मुकाम बेस्तडा बजार आउँदै गरेको भे १ च ९७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा भगवतीमाई गाउँपालिका ५ का २० वर्षीया भीमबहादुर विकको घटनास्थलमै मृत्यु भएको बेस्तडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनोज कँडेलले बताए । घाइते हुनेमा ट्याक्टर चा
ढाई सय खसीसहित बाँकेमा दुई पक्राउ

ढाई सय खसीसहित बाँकेमा दुई पक्राउ

    प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६       |
सदरलाइनडटकम, कोहलपुर (बाँके) : अवैधरुपमा भारतबाट तस्करी गरेर ल्याइएका २ सय ५७ वटा खसीसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । झण्डै साढे ३८ लाख बराबरका अवैध खसीसहित रोल्पाको रुन्तिगढी गाँउपालिका वडा नम्बर ६ का युवराज पुन र दाङ घोराही उपमहानगरपालिका १३ का सविन थापालाई गाडीसहित पक्राउ गरिएको हो । राजस्व छलेर अवैध रुपमा भारतबाट नेपाल ल्याउन लागिएका खसीबोकासहित प्रहरीले जंगलबाट रातको समयमा नियन्त्र
दाङमा ससुराले गरे बुहारीको हत्या

दाङमा ससुराले गरे बुहारीको हत्या

    प्रकाशित मितिः बिहिबार, माघ ९, २०७६       |
सदरलाइनडटकम, दाङ : दाङको गढवा गाउँपालिका ४ का एक व्यक्तिले धारिलो हतियार प्रहार गरी बुहारीको हत्या गरेका छन् । रामनगर बस्ने ६५ वर्षीय कुलमान जोगी कुँवरले २७ वर्षीया कान्छी बुहारी बसन्ती कुँवरमाथि बुधवार धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर घाइते भएकी बसन्तीको कोहलपुर मेडिकलमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरतसिंह राठोरले बताए । प्रहरी
तीन वर्ष जेल सजाय पाएका खत्री पक्राउ

तीन वर्ष जेल सजाय पाएका खत्री पक्राउ

    प्रकाशित मितिः मङ्लबार, माघ ७, २०७६       |
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बलात्कार मुद्दाका फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । तीन वर्ष जेल सजाय सुनाईएका कोहलपुर नगरपालिका वडा नं. १३ का योगेश खत्रीलाई कोहलपुर प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत तुल्सीपुर ईजलाश नेपालगञ्जले गत बैशाख २५ गते बलात्कार मुद्दामा दोषी ठहराई खत्रीलाई तीन वर्ष जेल सजाय तोकेको थियो । अदालतको फैसलालगत्तै फरार भएका खत्रीलाई डेढ वर्षपछि उनकै घरबाट पक्रा
बैतडीमा एक वडाध्यक्षको निधन

बैतडीमा एक वडाध्यक्षको निधन

    प्रकाशित मितिः सोमवार, माघ ६, २०७६       |
सदरलाइनडटकम, बैतडी : बैतडीमा एक जना वडाध्यक्षको निधन भएको छ । बैतडीको डिलाशैनी गाउपालिका वडा नं. ४ का अध्यक्ष परमल सिह बोहराको निधन भएको हो । बिगत २ वर्षदेखि फोक्सोको क्यान्सरका बिरामी रहेका वडाध्यक्ष बोहराको सोमवार निधन भएको हो । उपचार गराइरहेका बोहराको ६२ वर्षको उमेरमा निधन भएको वडा सदस्य हरीदत्त पन्तले जानकारी दिए । स्थानिय तहको निर्वाचनमा बोहरा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।