बाँकेका तीन पूर्व गाविस खुला दिसामुक्त घोषणाको तयारीमा

२१ बैशाख २०७४, बिहीबार १९:४३
 

सदरलाइनडटकम   
२१ बैशाख, नेपालगन्ज : बदलिदो परिस्थिति र अभियानकर्मी सुस्ताउदा पनि जिल्ला समन्वय समिति बाँकेको प्राथामिकताको कारण ओझेलमा पर्न लागेको खुला दिसामुक्त अभियानले तीब्रता पाउने भएको छ ।
नेपालगन्ज उप–महानगरपालिका र साविकका ५ वटा गाविसमा मात्र खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी रहेको जिल्लामा तत्काल तीन गाविस घोषणा गर्ने तरखरमा रहेको जिल्ला समन्वय समति बाँकेले जनाएको छ ।
पछिल्लो समय खुल्ला दिसामुक्त अभियान सुस्ताएको बाँकेमा केही समय पहिले बेलहरी  गाविसलाई  खुल्ला  दिसामुक्त  घोषणा  गरिएको छ । सबै अभियानकर्मी सुस्ताएका कारण बिचमा केही समय अभियानले तिब्रता पाउन नसकेको सम्बन्धित क्षेत्रका व्यक्तिहरुको भनाई छ ।
तर स्वयम अभियानमा लागेकाहरुले भने बजेट नहुनु र केही जिम्मेवार व्यक्तिहरुले सक्रियता नदेखाउनुले बिचमा केही समय अभियान सुस्ताएको बताउँछन । अहिले पुनः सक्रिय भएको र अब छिटै गाबिसहरु घोषणा हुने पनि उनीहरुको भनाई छ ।
सोही क्रममा साबिकका तीन गाविस खुल्ला दिसामुक्त घोषणाको तरखरमा रहेका गाविसहरुमा जिल्लास्तरीय अनुगमबाट नै अन्तिम अवस्थामा रहेको देखिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी एव बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलले जानकारी दिए ।
उनले घोषणा गर्ने तरखरमा रहेका तीनवटै साबिकका गाविसहरुको अनुगमन गरिएको र गन्तीमा आउने केही घरमा शौचालय निर्माण गर्न बाँकी रहेको बताए । बेतहनी, बनकटी र साईगाउँ गाविस घोषणा गर्ने अन्तिम अवस्थामा रहेका छन् ।
तीन वटै गाविसहरुमा बढिमा सात जनाको घरमा मात्र शौचालय निर्माण हुन बाँकी रहेको छ । यी गाविसमा घोषणा भएमा नेपालगन्ज उप–महानगरपालिका र दुई गाविस खुलादिसा मुक्त घोषणा गर्न बाँकी रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यान बनगाड कुपिण्डेमा एमाले काँग्रेसका बीचमा तालमेल

२१ बैशाख २०७४, बिहीबार १९:४३
सदरलाइनडटकम   २५ बैशाख, सल्यान : झण्डै २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनले पश्चिम सल्यानमा छुट्टै रौनक ल्याएको छ । चुनाव जित्नको लागि सबै पार्टीले आ–आफ्नो रणनीति अनुसार प्रचार अभियानलाई तीब्र पारेका छन् । १२ वडा र १६ हजार ३ सय १५ मतदाता रहेको सल्यानको बनगाड कुपिण्डे नगरपालिका विषेश […]

सम्बन्धित