२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

नेपालगन्जमा केपी ओलीले भने : तोकिएकै मितिमा निर्वाचन गराउन खुट्टा नकमाउ सरकार



सदरलाइनडटकम   
६ चैत, नेपालगन्ज  : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन र तोकिए कै मितिमा निर्वाचन गर्ने बिषयमा खुट्टा लुलो नपार्न सरकारलाई चेतावनी दिएका छन् । नेकपा एमाले प्रचार विभाग बाँकेले आईतबार नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले अरु कसैको कुरा सुनेर निर्वाचनको विषयमा खुट कमाए कडा प्रतिबाद गर्ने बताए ।
उनले भने–‘अरु कै इसारामा चल्दै आएको सरकारले निर्वाचनका लागि खुट कमाउन पनि सक्ने आशंका गर्नु पर्ने धेरै ठाँउ रहेका छन् । कुनै पनि बहानामा निर्वाचन टार्ने षड्यन्त्र भए नेकपा एमाले चुप लागेर बस्ने छैन् । संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन् ।’
अध्यक्ष ओलीले नेपाली जनताको लामो संघर्षपछि प्राप्त लोकतान्त्रिक संविधानलाई कार्यान्वयन हुन नदिन अहिले अनेक षड्यन्त्र भइरहेको र त्यस्ता षडयन्त्रहरु एमालेले जनताको शक्ति लिएर परास्त गर्ने ओलीको भनाई थियो । ‘संविधान जारी गर्ने बेलादेखि अहिलेसम्म देशी, बिदेशी शक्तिहरु अनेक षडयन्त्र गरेका छन् । त्यसलाई रोक्ने तागत एमालेसंग मात्र छ’–उनले भने ।
अध्यक्ष ओलीलेसंविधानले सबैलाई समान अधिकार दिएको उल्लेख गर्दै सीमित स्वार्थ बोकेकाहरुले अफवाह फैलाएर जनतामा भ्रम छरेको बताउँदै उनले अहिले संविधान संशोधनको कुनै आवश्यकता र औचित्य नरहेको दाबी गरे ।


अध्यक्ष ओलीले तराई मधेसका जनताहरुमा मधेसी मोर्चाले अनेक भ्रम फिजाएर नैराश्य बनाइरहेको बताए । उनले भने,–‘मधेसीलाई नेपाली नै होइनन् भन्छन् भन्दै मधेसमा हल्ला फिजाइएको छ । त्यही हल्ला गराएर राजनीतिको दुनो सोझाउने काम गर्न बन्द गर्नुपर्छ ।’ उनले मधेशी मोर्चाका नेताहरुलाई संविधानले जातीय, वर्गिय विभेद गरेको भन्दै अराजकताको खेती गर्न बन्द गर्न आव्हान गर्दै भने–‘आफ्नो क्षणिक स्वार्थ छाड्नुहोस संविधानले विभेद ग¥यो भन्नुहुन्छ के बिभेद भयो भन्दा जवाफ छैन, अधिकार पाएनौ भन्नु हुन्छ के अधिकारबाट बञ्चित हुुनुभयो भन्दा पनि जवाफ छैन संधै आफ्नो छुद्र स्वार्थको लागि जनाता भड्काउदै लडाउने मराउने कार्य अब बन्द हुनुपर्छ ।’
उनले राष्ट्रियता भौगोलिक अखण्डाता र स्वाभिमानको रक्षाको लागि बोल्दा आवाज उठाउदा कसैको मन भत्भती पोल्छ भने हामीले केनै गर्न सक्छौ र भन्दै प्रति प्रश्नसमेत गर्दै भने–‘युरो र डलरमा चल्ने आफुलाई बुद्धिजिवि भन्नेहरु र द्वन्द्वको खेती र पसल चलाउनेहरुको कारणले पनि मुलुकलाई अस्थिरता तिर धकेलिएको छ । एमाले जिम्मेवार पार्टी भएकोले चुप लागर बस्दैन ।’
अध्यक्ष ओलीले तराई मधेसमा एमालेको मेची महाकाली अभियान भब्यरुपमा सफल भएको उल्लेख गर्दै मधेसका जनताहरुको ठुलो साथ पाइएको पनि बताए ।


अध्यक्ष ओलीले आफ्नो अभियानका क्रममा मधेस मोर्चाले केही जिल्लामा गरेको ब्यवहारलाई अपरािध चरित्रको भन्दै भत्र्सना गर्दै उनले भने,–‘राजनीतिको आवरणमा गरिने यस्ता गतिबिधि सरकारले नियन्त्रण गर्नुपर्छ । त्यस्तै छाड्नु हुदैन ।’
पार्टीको मेची महाकाली अभियानका क्रममा मधेशी मोर्चाले अलोकतान्त्रिक र हिंस्रक प्रबृत्ति देखाएको ओलीले बताए । पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले संविधानको कार्यान्वयनका लागि निर्वाचनमा जाने कुरालाई कुनै पनि बहानामा टार्न नहुने बताए ।

प्रकाशित मिति : २०७३ चैत ६ गते आइतबार
ताजा समाचार