एमालेको मेची–काली अभियान आज बाँके पुग्दै भोली नेपालगन्जमा आमसभा

३० फाल्गुन २०७३, सोमबार १५:४०
 

सदरलाइनडटकम  
३० फागुन, नेपालगन्ज : नेकपा एमालेले संविधान कार्यान्वयनको लागि थालेको मेची–काली अभियान सोमबार बाँके प्रवेश गर्ने भएको छ । सोमबार बिहान बुटवलबाट प्रस्थान गरेको अभियानको टोलीलाई बाँके र दाङ्गको सिमाना शिवखोलामा एमाले बाँकेले स्वागत गर्ने कार्यक्रम रहेको एमाले बाँकेका अध्यक्ष अशोक कोईरालाले जानकारी दिए ।
एमाले बाँकेको आयोजनामा नेपालगन्जमा चैत्र १ गते अर्थात भोली दिउसो कारकाँदोमा रहेको सडक विभागको मैदानमा आमसभाको आयोजना गरिएको छ । विभिन्न भेषभूसा झल्कने पहिचान सहितको ¥याली सहित आमसभामा परिणत हुने बताईएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेब गौतम, भिम रावल लगायतका केन्द्रीय नेताहरुको आगमन हुने र आमसभामा बाँकेबाट मात्रै ५० हजार सहभागिता जनाउने एमाले बाँकेले जनाएको छ ।
‘भोलीको आमसभा र मेची–काली अभियानलाई सफल बनाउने कार्यमा जिल्लाका सबै नेता कार्यकर्ता खटिनु भएको छ’–अध्यक्ष कोईरालाले भने । जिल्लाका सबै क्षेत्रबाट सहभागिताको लागि करिव ३ सय सार्वजनिक सवारीका साधन परिचालन गरिने तथा सयौंको संख्यामा मोटरसाईकल प्रयोगमा ल्याउने तयारी भएको एमाले बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडक दुर्घटनामा दुईको मृत्यु एक घाइते

३० फाल्गुन २०७३, सोमबार १५:४०
सदरलाइनडटकम   ३० फागुन, नेपालगन्ज : नेपालगन्ज–खजुरा सडक खण्डको मानपुरमा सोमबार साँझ भएको सडक दुर्घटनामा एक भारतीय नागरिक सहित दुईजनाको मृत्यु हुनुको साथै एक घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार मानपुर मोड नजिकै विपरित दिशाबाट तीब्र गतीमा आई रहेका भे ६ प ८४८ र भे […]