२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु



तम्घास (गुल्मी) : गुल्मीमा भएको जीप दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर २, दमौखानीमा बी एए ०२२० नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि लैजाँदै बाटोमै मृत्यु भएको हो ।

थापाका अनुसार हिलेसिद्धबाट दर्शन गरी फर्किँदै गरेको अवस्थामा जीप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार घटनास्थलमा प्रहरी चौकी, पूर्तिघाटको टोली जाँदै गरेको र घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक १० गते सोमबार
ताजा समाचार