समाचार सारांश
- लखीसरायमा अन्तर्राष्ट्रिय पत्रकार प्रतिनिधिमण्डललाई जिल्ला प्रशासनले स्वागत तथा सम्मान गरेको छ।
- पत्रकार टोलीले ऐतिहासिक इन्द्रधनेश्वर महादेव अशोकधाम मन्दिर र लाली पहाडीस्थित पुरातात्विक बौद्ध भिक्षुणी आवास क्षेत्रको निरीक्षण गरेको छ।
- अधिकारीहरूले अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनले विश्व शान्ति र लोकतन्त्रको संरक्षणमा सञ्चारमाध्यमको भूमिकाबारे सन्देश प्रवाह गरेको बताएका छन्।

लखीसराय (भारत) : भारतको मुंगेरको जमालपुरमा आयोजित महासम्मेलनमा भागलिन भारतको विहार पुगेको अन्तराष्ट्रिय पत्रकारको प्रतिनिधि मण्डललाई लखीसरायमा जिल्ला प्रशासनले स्वागत तथा सम्मान गरेको छ ।
जिल्ला मजिस्ट्रेट शैलेन्द्र कुमारले आफ्नो कार्यालयमा सार्कजर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष राजु लामाको नेतृत्वमा लखीसराय पुगेका पत्रकारहरूको एक समूहलाई जिल्ला प्रशासनले स्वागत तथा सम्मान गरेको हो ।
जसमा सार्कजर्नालिष्ट फोरमका अन्तराष्ट्रिय महासचिब समेत रहेका बंगलादेशका मोहम्मद अब्दुल रहमान र सार्कजर्नालिष्ट फोरम नेपाल च्यप्टरका रुद्र सुवेदी, विहार च्याप्टर अध्यक्ष डा. शशि भूषण कुमार, ढाका (बंगलादेश)का पत्रकार एमके सिद्दिकी, नेपालका मो सदाब मलिक, अजमत अली सिद्दिकी, आरिफ अन्सारी सुशील खड्का, रमेश चन्द्र कुमाललगायत थिए ।
अन्तराष्ट्रिय पत्रकारको प्रतिनिधि मण्डललाई अल इन्डिया जर्नलिस्ट्स युनियन’ का राष्ट्रिय अध्यक्ष रञ्जित सम्राटल जिल्लाको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको ‘इन्द्रधनेश्वर महादेव अशोकधाम मन्दिर’ र ‘लाली पहाडी’ मा पुरातात्विक उत्खननका क्रममा फेला परेको बौद्ध भिक्षुणीहरूको आवास गृहको विस्तृत निरीक्षण ग¥यो र यससँग सम्बन्धित ऐतिहासिक तथ्यहरूबारे जानकारी लिएको थियो ।
सो अवसरमा पुरातत्वविद् डा. अरुण कुमारले लाली पहाडीमा बौद्ध भिक्षुणीहरूका लागि बनाइएका ठूलो संख्यामा आवास कक्षहरूको अवशेष फेला परेको बताए । उनका अनुसार, यो हालसम्म बिहारमा फेला परेका यस्ता आवास परिसरहरूमध्ये सबैभन्दा ठूलोमध्ये एक हो । भविष्यमा यो स्थल एक महत्त्वपूर्ण पर्यटकीय केन्द्रका रूपमा विकास हुने सम्भावना छ ।
यस अवसरमा, उप–विकास आयुक्त सुमित कुमारले भारत तथा विदेशका पत्रकार प्रतिनिधिहरूका साथै लखीसरायको ‘एआईजेयू’का प्रतिनिधिहरूलाई ‘अंगवस्त्र’ प्रदान गरी सम्मान गरेका थिए । उनले जमालपुरमा आयोजित अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनले विश्व शान्ति कायम राख्न र लोकतन्त्रको रक्षा गर्न सञ्चारमाध्यमको भूमिकाबारे महत्त्वपूर्ण सन्देश प्रवाह गरेको बताए ।
आजको विश्वमा आपसी शत्रुता र तनावका कारण युद्धको खतरा कायमै रहको अवस्थामा, अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनमार्फत विश्व शान्तिको सन्देश प्रवाह गर्न स्वदेश तथा विदेशका पत्रकारहरूले लिएको पहल साँच्चै नै सराहनीय छ ।
उक्त कार्यक्रममा एआईजेयुका राष्ट्रिय महासचिव सुनिल कुमार, जिल्ला महासचिव अमलेश कुमार पाण्डे, कोषाध्यक्ष जयप्रकाश तथा कार्यकारी समितिका सदस्यहरू मनिष कुमार र हिमांशु कुमारलगायतको सहभागिता थियो ।

