बाढीजन्य प्रकोपमा उद्दारको लागि समाग्री हस्तान्त्रण

३ कार्तिक २०७३, बुधबार १५:०९
 

सदरलाइनडटकम , pic 2
३ कात्तिक, नेपालगन्ज : बाढीजन्य विपत्तिको बेलामा उद्दार गर्नको लागि आवश्यक सामाग्री बाँकेको बैजापुर र शम्शेरगन्जस्थित प्रहरी चौकीलाई हस्तान्त्रण गरिएको छ । जिल्ला दैवि प्रकोप उद्दार समिति बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले दैवि विपत्तिको बेलामा उद्दारमा खटिनेका लागि यी सामाग्रीहरुले मनोबल उच्च बनाउने बताए ।
बाँके युनेस्को क्लवले बाढी जन्य दैबी विपत्तिको बेलामा उद्दार गर्न सहज होस भन्ने उदेश्यले आयोजना गरेको कार्यक्रममा बोलदै उने यी सामाग्री बाढीको बेलमा मात्र नभएर बिभिन्न प्रकारका बिपदमा उद्धार गर्नको लागि सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
उद्धार सामाग्रीमा लाईफ ज्याकेट, बेल्चा, सिटी, रस्सी, लाईट, खन्ती, जुत्ता, पञ्जा, हेल्मेट टोपी लगायतका सामाग्रीहरु रहेका छन । १ लाख ७८ हजार नौ सय एक रुपैयाका दरले गरी दुबै प्रहरी कार्यालयमा तीन लाख ५७ हजार ८ सय दुई रुपैया लागतको उद्धार सामाग्री दिइएको क्लवका अध्यक्ष प्रवेज अलि सिद्दिकीले जानकारी दिए ।


pic 11
क्लवले बाँकेको उढरापुर, बेतहनी, बिनौना र कचनापुर लगायतका गाविसका दश वटा बिद्यालयहरुलाई लक्षित गरेर बिपद व्यवस्थापन कार्यक्रम चलाउदै ती गाविसका बाढीको अति जोखिम क्षेत्रको पहिचान गरी उद्दारको सामाग्री उपलब्ध गराईएको अध्यक्ष सिद्दिकीले बताए । एक वर्षे सो परियोजनाका लागि ४६ लाख २९ हजार खर्च गरिने युनेस्कोले जानकारी दिएको छ ।
नेपाल रेडक्रस सोसाइटीका बिपद व्यवस्थापन समितिका संयोजक नरेन्द्र पौड्ेलले डुबानको खतरामा रहने राप्ती नदी छेउँका गाउँहरुलाई उद्धार सामाग्रीले ठूलो सहयोग पु¥याउने दाबी गरे ।
कार्यक्तममा बाँकेका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउँदले बिपदमा बालबालिका र बिद्यार्थीहरु बढि प्रभावित हुने हुँदा यसले उनीहरुलाई पर्ने जोखिम कम हुने बताए । उनले विद्यालय केन्द्रीत बाढी प्रकोप योजना निर्माण गरी कार्यान्वयनमा ल्याउनु नै उपलब्धी भएको जिकीर गरे ।
गाउँमै उद्धार सामाग्रीको व्यवस्थापन भएपछि गाउँलेहरु पनि खुसी भएका छन् । बिपत्का बेला यसले मद्दत पु¥याउने बैजापुरका हरीप्रसाद थारुले बताए । उनले प्रकोप र विपत्तिको बेलामा साधनले जनधनको क्षती कम गर्ने आफुहरु विश्वस्थ रहेको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राई, सेभ द चिल्ड्रेनका बिरेन्द्र ठगुन्ना, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संयुक्त राष्ट्र संघको ७१ औं वार्षिक उत्सवका अवसरमा नेपालगन्जबाट रोड शो सुरुवात

३ कार्तिक २०७३, बुधबार १५:०९
सदरलाइनडटकम ८ कात्तिक, नेपालगन्ज : संयुक्त राष्ट्र संघको ७१ औं वार्षिक उत्सवका अवसरमा संयुक्त राष्ट्रसंघले दिगो बिकासको लक्ष्यका बारेमा सचेतना फैलाउन रोड शो नाम अभियान नेपालगन्जबाट शुरु गरेको छ ।  नेपालमा दिगो विकासको लक्ष्यका बारेमा सर्बसाधारणलाई सचेतना फैलाउन संयुक्त राष्ट्रसंघले एसडिजिएस रोड शो नामक देशव्यापी सञ्चालन गरिने अभियान सोमबार नेपालगन्जबाट […]

सम्बन्धित