समाचार सारांश
- प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बाँके युनेस्को क्लबद्वारा बर्दियामा आयोजित ३ दिने ‘कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI)’ तालिम सम्पन्न भएको छ ।
- तालिममा युवाहरूलाई डिजिटल सञ्चार, सामाजिक सञ्जालमार्फत सचेतना अभियान सञ्चालन तथा AI को जिम्मेवार प्रयोग सम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको थियो ।
- सहभागीहरूले बाल संरक्षण, मानव बेचबिखन नियन्त्रण, सुरक्षित आप्रवासन र लैंगिक समानताका विषयमा डिजिटल माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन्

बर्दिया : प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बाँके युनेस्को क्लबको आयोजनामा बर्दियामा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिका र मधुवन नगरपालिकामा युवामैत्री डिजिटल सशक्तिकरण ३ दिने ‘कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI)’ तालिम सफलतापूर्वक सम्पन्न गरिएको छ ।
तालिममा २ दिन कन्टेन्ट क्रियसन तथा १ दिन कृतिम बौद्धिकता AI सम्बन्धी सिकाइ र प्रयोगात्मक अभ्यास गरिएको थियो । डिजिटल सञ्चार क्षमता, सिर्जनात्मक कथा प्रस्तुतिकरण, सामाजिक सञ्जालमार्फत सचेतनामूलक अभियान सञ्चालन तथा AI उपकरणहरूको जिम्मेवार प्रयोग सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले संचालित तालिमका प्रमुख विषयहरू रहेका थिए ।
सहभागीहरूले व्यावहारिक अभ्यासमार्फत छोटा भिडियो, क्याप्सन, तथा जनचेतनामूलक सामग्री समेत तयार गरेका थिए । तालिममा युवा एम्बासडर तथा परियोजना कर्मचारी गरी ४० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रमको समापन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका प्रविधिका सल्लाहकार बिनोय दिल लामाले अहिलेको युग डिजिटल युग भयकाले समय संगै प्रबिधि मैत्री हुन जरुरी छ ,साथै युवाहरुले समुदायमा संदेश प्रबाह गर्न कन्टेन्ट क्रेसन मार्फत संदेश दिन जरुरी भएको बताए ।

उनले AI को प्रयोग गर्दा साबधानी अपनाउने कुरामा समेत जोड दियका थिय । सस्थाका उप निर्देशक गोविन्द प्रसाद लामिछानेले समुदायमा मानब बेचबिखन रोकथाम तथा नियन्त्रण गर्न ,बाल बिवाह बिरुद्ध संदेश प्रवाह गर्न युवा दुतको भूमिका महत्वपूर्ण रहेको बताए ।
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकिले शुभकामना सहित सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा प्लान इन्टरनेसनल नेपालका बिभुराज आचार्य, हसरत अली कसगर, ऋचा ज्ञवाली र दुर्गा क्षेत्रीले सहजीकरण गरेका थिए ।
तालिम पश्चात सहभागीहरूले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मलाई बाल संरक्षण, मानव बेचबिखन विरुद्ध सचेतना, सुरक्षित आप्रवासन, लैंगिक समानता तथा सकारात्मक सामाजिक परिवर्तनका लागि जिम्मेवार रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



