होटल पौवाको स्थापना दिवसमा आश्रय बिहिनहरुसँग एक छाक खाना

सदरलाइन संवाददाता २५ चैत्र २०८२, बुधबार १७:३३
 

नेपालगञ्ज : होटल पौवाको १०औ स्थापना दिवस अवसरमा मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रयबिहिनहरुलाई एक छाक खाना खुवाएर मनाएको छ । पौवाको नेपालगञ्ज शाखाले मानवसेवा आश्रम नेपालगञ्जमा आश्रितहरुलाई खाना खुवाएर स्थापना दिवस मनाएको हो ।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले स्थापना दिवसका दिन संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक, शाररिक कमजोरी तथा मानसिक कमजारी रहेका आश्रितहरुलाई खाना प्रदान गरिएको बताए ।

उनले आश्रय बिहिनहरुका लागि ठूलो योगदान गरिरहेको मानवसेवा आश्रमको अभियानमा थोरै भएपनि जोडिन पाउनु पौवाका लागि गौरवको विषय भएको बताए । अध्यक्ष भण्डारीले पौवाका २० वटै शाखाले स्थापना दिवसमा कुनै न कुनै सामाजिक उत्तरदायित्वको कार्य गरिरहेको जानकारी दिए ।


पौवा नेपालगञ्जका महाप्रबन्धक गिरिराज पाण्डेले मानवसेवा आश्रममा आश्रित जेष्ठ नागरिक र आश्रित व्यक्तिहरुलाई खाना खुवाएर आशिर्वाद प्राप्त गर्न पाउँदा पौवा टिमलाई खुसी लागेको बताए । ग्राहकहरुलाई उत्कृष्ठ खाना खुवाएर पटक पटक सरकारबाट उत्कृष्ट र स्वस्थकर खानाको उपाधि पाएको पौवाको तर्फबाट आश्रममा आश्रितहरुलाई स्वस्थ र फरक स्वाद दिन स्थापना दिवसमा खाना खुवाउने कार्यक्रम राखिएको उनले बताए ।

मानवसेवा आश्रम नेपालगञ्जकी सह संयोजक विष्णु घर्तीले पौवाले स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुलाई खाना प्रदान गर्ने कार्यक्रम राखेकोमा साधुवाद प्रकट गरिन् ।

आश्रममा आश्रित ८० आश्रयकर्ता सहित सेवामा खटने स्वयम सेवकहरुलाई पौवाले आज बिहानको खाना प्रदान गरेको हो । खाना वितरण गर्न पौवा नेपालगञ्जका शाखा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, शेयर सदस्य झबिन्द्र मरासिनी, शरण कर्माचार्य, वरिष्ठ शेफ दीपक भण्डारीलगायत पौवाका कर्मचारीहरु मानवसेवा आश्रम पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोजगारी संकटबीच बर्दियाका युवालाई उद्यमतर्फ मोड्ने प्रयास

२५ चैत्र २०८२, बुधबार १७:३३
बर्दिया : रोजगारी अभाव र वैदेशिक पलायनको दबाब बढिरहेका बेला बर्दियामा युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने प्रयास सुरु गरिएको छ । प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बाँके यूनेस्को क्लबले ‘सपना सजाइली, योजना बनाइली, पैसा कमाइली’ कार्यक्रममार्फत युवालाई उद्यमशीलतामा जोड दिएको हो । जिल्लामा अधिकांश युवा अनौपचारिक रोजगारी वा वैदेशिक श्रममा निर्भर भइरहेका […]

सम्बन्धित