वडाका कर्मचारी, जनप्रतिनिधि र बालसंरक्षणका क्षेत्रमा क्रियाशिलका लागि घटना दर्ता र सिफारिस सम्बन्धी ७ दिने तालिम

सदरलाइन संवाददाता २१ चैत्र २०८२, शनिबार १३:३०
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज उपमहानगरपालिकाले २०८३ असारभित्र बालमैत्री शासन लागू गर्ने तयारी सुरु गरेको छ।
  • बालसंरक्षणसम्बन्धी घटना दर्ता र सिफारिसका लागि ७ दिने तालिम सञ्चालन गरिएको छ।
  • तालिमपछि तथ्याङ्क व्यवस्थापन र बालसंरक्षण कार्य प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले २०८३ असार मसान्त भित्र बालमैत्री शासनयुक्त उपमहानगरपालिका कार्यान्वयमा ल्याउने नीति अबलम्बन गरेपछि त्यसका लागि आवश्यक तयारी सुरु गरीएको छ ।

बालसंरक्षणका लागि समुदायमा आधारित घटना दर्ता र सिफारिस सम्बन्धी ७ दिने तालिम वडाका जनप्रतिनिधी तथा बालसंरक्षण क्षेत्रमा काम गरिरहेका संघसस्थाका प्रतिनिधिहरुलाई दिईएको छ । तालिमपछि बालसंरक्षणका घटनाहरु एकद्वार प्रणाली मार्फत अभिलेखिकरण हुने अपेक्षा गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपलिकाकी बालकल्याण अधिकारी पबित्रा पुरीले बालसंरक्षणका लागि समुदायमा आधारित घटना दर्ता र सिफारिस सम्बन्धी ७ दिने तालिम वडाका जनप्रतिनिधी, कर्मचारी तथा बालसंरक्षण क्षेत्रमा काम गरिरहेका संघ सस्थाका प्रतिनिधिहरुलाई दिईएको जानकारी दिईन ।

उनले बालमैत्री शासनयुक्त उपमहानगरपालिका कार्यान्वयमा ल्याउनका लागि यो तालिम फलदायी भएको बताईन । उनले बालसंरक्षणको क्षेत्रमा घटना अभिलेखिकरण नहुँदा काम गर्नपनि अन्यौल भएको अवस्थामा अब भने सहज हुने विश्वास व्यक्त गरिन ।


बालअधिकारकर्मी तथा प्रशिक्षक सिद्धराज पनेरुले बालसंरक्षणका क्षेत्रमा घटना अभिलेख हुन नसक्दा काम गर्नकठिन हुने गरेकोमा अब सहज हुने अपेक्षा राखे ।

नेपालगञ्ज उपमहानगर वडानं २ कि सचिव गौरी कुमारी शाहीले बालबालिकाको तथ्याङ्क फरक हुँदा योजना बनाउन कठिन हुने गरेकोमा तालिमले सहज बनाएको बताईन ।

नेपालगञ्ज उपमहानगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोर्ख बहादुर थापाले यो तालिमले समस्यामा परेका बालबालिकाको तथ्याङ्क संकलन हुने र बालमैत्री शासन कार्यान्वयन गर्न सहज हुने विश्वार ब्यक्त गरे ।

नेपालगञ्ज उपमहानगरपालिकाले २०८३ असार मसान्त भित्र बालमैत्री शासनयुक्त उपमहानगरपालिका कार्यान्वयमा ल्याउन बालमैत्री शासनका विभिन्न सुचकहरु पुरा गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनकामना ईमि स्कुलले मनायो ५ औ बार्षिक उत्सव

२१ चैत्र २०८२, शनिबार १३:३०
समाचार सारांश Generated Using AI नेपालगञ्ज उपमहानगरपालिकाले २०८३ असारभित्र बालमैत्री शासन लागू गर्ने तयारी सुरु गरेको छ।बालसंरक्षणसम्बन्धी घटना दर्ता र सिफारिसका लागि ७ दिने तालिम सञ्चालन गरिएको छ।तालिमपछि तथ्याङ्क व्यवस्थापन र बालसंरक्षण कार्य प्रभावकारी हुने अपेक्षा गरिएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। नेपालगञ्ज : नेपालगञ्ज –१८ मा […]