समाचार सारांश
- बालेन नेतृत्वको सरकारले कार्की आयोगको सिफारिस कार्यान्वयन गर्दै केपी ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ।
- काठमाडौँसहित नेपालगञ्जको बीपी चोकमा एमाले कार्यकर्ताले टायर बालेर प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेका छन्।
- पक्राउको विरोधमा आन्दोलन जारी राख्ने र दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने तयारी गरिएको छ।

नेपालगञ्ज : बालेन नेतृत्वको सरकारले कार्की आयोगको सिफारिस कार्यन्वयन गर्दै एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकको गिरफ्तारीविरुद्ध ठाँउठाँउमा बिरोध प्रर्दशन भएको छ ।
सो कार्यको विरोध स्वरुप काठमाडौ लगायत बाँकेको नेपालगञ्जमा पनि प्रदर्शन भएको छ । एमाले कार्यकर्ताहरुले स्थानीय बिपी चोकमा टायर बालेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरुले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै नारा लगाएका छन् । गृहमन्त्रीको पुत्ला बनाएर प्रदर्शनमा उत्रेका एमाले कार्यकर्ताहरु र प्रहरीबीच धकेलाधकेल भएको छ ।

गृहमन्त्रीको राजीनामा नआउँदासम्म प्रदर्शन नरोकिने एमाले नेता कृष्णप्रसाद श्रेष्ठले बताए । उनले अन्यायपूर्ण र गैरकानुनीरुपमा पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई पक्राउ गरिएको भन्दै उनीहरुलाई अबिलम्ब रिहा गर्न माग गरे ।
एमाले कार्यकर्ताहरुले गरेको प्रदर्शनका कारण नेपालगञ्जको बिपी चोक भएर चल्ने ुवारी साधन अवरुद्ध बनेको थियो ।
यसैबीच दोस्रो चरणको आन्दोलनको कार्यक्रम र योजनाको तयारी गर्नका लागि १५ गते आईतबार ११ बजे पार्टी कार्यालयमा आगु्वा कार्याकर्ताहरुलाई उपस्थिताका लागि पार्टीका तर्फबाट आव्हान समेत गरिएको छ ।


