नेपाली कांग्रेस बांँके क्षेत्रनं १ ले सम्पन्न गर्यो समीक्षा बैठक

सदरलाइन संवाददाता ९ चैत्र २०८२, सोमबार ११:०३
 
समाचार सारांश
Generated Using AI
  • नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ को समीक्षा बैठकले प्रतिनिधिसभा निर्वाचन २०८२ को परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गर्दै पराजयका कारणहरूको गम्भीर समीक्षा गरेको छ।
  • बैठकले नयाँ शक्तिको लहर, सुशासनमा कमजोरी, संगठनात्मक समस्या र जनतासँग दूरी जस्ता कारणलाई हारको मुख्य कारण ठहर गरेको छ।
  • बैठकले निर्वाचित प्रतिनिधिलाई बधाई, मतदातालाई धन्यवाद, केही कार्यकर्ताको अभद्र व्यवहारप्रति खेद व्यक्त गर्दै बलराम शर्माको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपाली कांग्रेस बांके क्षेत्रनं १ ले गत फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा बैठक सम्पन्न गरेको छ । क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा राप्तीसोनारी वडा नं ६ मा सम्पन्न भएको बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ ।

बांँके क्षेत्र नं १ अन्तर्गतका प्रदेश, पालिका तथा ३० वटै वडाका सभापतिहरूको सहभागिता रहेको बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ का सम्बन्धमा समिक्षा तथा समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको जनाईएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ शान्तिपूर्ण, भयरहित तथा मर्यादित वातावरणमा सम्पन्न भएकोमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै राजनीतिक अन्योल र अस्थिरताका बीच सम्पन्न यस निर्वाचनले लोकतन्त्र तथा गणतन्त्रलाई थप संस्थागत गर्दै जनआन्दोलन तथा जनपक्षीय परिवर्तनमार्फत प्राप्त उपलब्धिहरूको संरक्षण र सुदृढीकरण हुने विश्वास व्यक्त गरिएको छ ।

निर्वाचनले नेपाली जनताको सार्वभौम अधिकारलाई पुनः स्थापित गर्दै जनमतमार्फत देशलाई लोकतान्त्रिक निकास प्रदान गरेको बैठककोे निष्कर्ष छ । निर्वाचन लोकतान्त्रिक प्रणालीको महत्वपूर्ण आधारस्तम्भ भएकाले हार–जितलाई लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक परिणामका रूपमा स्वीकार गर्ने निर्णय गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन २०८२ मा नेपाली कांग्रेसले अपेक्षित सफलता हासिल गर्न नसकेको यथार्थलाई आत्मसात गर्दै विगतका कमी, कमजोरीहरूको गम्भीर समीक्षा, आत्मसुधार, संगठन सुदृढीकरण तथा जनतासँगको सम्बन्ध मजबुत बनाउँदै आगामी दिनमा जनसेवा र लोकतन्त्र सुदृढीकरणमा क्रियाशील रहने प्रतिबद्धता गर्दै देशव्यापी रूपमा पार्टीले पराजय व्यहोरेको यथार्थलाई स्वीकार गर्दै राष्ट्रिय रूपमा गम्भीर समिक्षा आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

बैठकले बाँके निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सुरेश कुमार थारूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार तथा जिल्ला सभापति नारायण प्रसाद गौडेललाई सम्मानजनक मत प्रदान गर्ने सम्पूर्ण मतदाताप्रति धन्यवाद तथा आभार व्यक्त गरिएको छ । प्रत्यक्षतर्फ उम्मेदवारले पार्टीको समानुपातिक मतभन्दा बढी मत प्राप्त गरेको तथ्यलाई सकारात्मक रूपमा लिँदै मत कम आउनुका कारणहरूको गहन समीक्षामा उठाईएको छ ।


बैठकले निम्न पक्षहरूलाई निर्वाचन पराजयका प्रमुख कारणका रूपमा औंल्याएको छः

पार्टी संगठन बलियो हुंदा हुंदै पनि देशभरी नयाँशक्ति प्रति आएको लहर, पार्टीका नेताहरूले गरेका गल्ति कमी कमजोरीका साथै पार्टीले सुशासन कायम गर्ने र भ्रष्टाचार न्युनिकरण गर्ने तर्फ प्रभावकारी कदम चाल्न नसक्नु, स्थानीय तहका केही जनप्रतिनिधिहरूमा व्यक्तिवादी प्रवृत्ति हावी हुनु, जनतासँग घुलमिल हुन नसक्नु तथा जनताबाट टाढिनु,जनभावना अनुरूप सुशासन कायम गर्न नसक्नु, संघिय सरकारले शुरू गरेका लोक कल्याणकारी कार्यक्रमहरू संचालनमा अवरोध गर्नु, भ्रष्टाचार न्यूनीकरणमा प्रभावकारी काम हुन नसक्नु,स्थानीय तहबाट अवसर प्राप्त व्यक्तिहरूलाई निर्वाचनमा परिचालन गर्न नसक्नु लगायतका मुलभुत कारणहरू नै निर्वाचनमा पराजय भोग्नुका प्रमुख कारणहरू हुन भन्ने बैठकको ठहर छ ।

समिक्षा बैठकमा भएको घटनाप्रति दुःख ब्यक्त गर्दै खेद ब्यक्त

क्षेत्रीय कार्यसमितिद्वारा फागुन २६ गते कोहलपुरमा आयोजना गरिएको समिक्षा बैठकमा केही जिम्मेवार नेता÷कार्यकर्ताबाट भएको अभद्र तथा उच्छृंखल गतिविधिप्रति बैठकले दुःख व्यक्त गर्दै घटनामा संलग्न सम्बन्धित नेता तथा कार्यकर्ताहरूलाई प्रजातान्त्रिक पार्टीको मर्यादा अनुरूप आचरण र व्यवहार गर्न आग्रह गर्ने पनि निर्णय गरियो ।

प्रदेशसभा ख का सभापति बलराम शर्माको राजिनामा अस्विकृत

बांँके क्षेत्र नं १ प्रदेश सभा “ख” का सभापति बलराम शर्माप्रति उच्च सम्मान व्यक्त गर्दै बैठकले उनीमाथि लगाइएका निराधार आरोपप्रति दुःख व्यक्त गरेको छ । साथै निराधार आरोपका कारण उनंलाई परेको मानसिक चोटप्रति सहानुभूति प्रकट गर्दै बैठकले सभापति पदबाट उनले दिएको राजीनामा पनि अस्वीकृत गर्ने सर्वसम्मत निर्णय भएको छ ।

प्रतिनिधिसभा निर्वाचन २०८२ लाई शान्तिपूर्ण, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन आयोग ,राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, सञ्चारकर्मी, नागरिक समाज, पर्यवेक्षक तथा सम्पूर्ण सरोकारवाला पक्षलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गरियो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज खुलाउन दिएको ४८ घण्टे अल्टिमेटममा इरानको कडा प्रतिक्रिया

९ चैत्र २०८२, सोमबार ११:०३
समाचार सारांश Generated Using AI नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ को समीक्षा बैठकले प्रतिनिधिसभा निर्वाचन २०८२ को परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गर्दै पराजयका कारणहरूको गम्भीर समीक्षा गरेको छ।बैठकले नयाँ शक्तिको लहर, सुशासनमा कमजोरी, संगठनात्मक समस्या र जनतासँग दूरी जस्ता कारणलाई हारको मुख्य कारण ठहर गरेको छ।बैठकले निर्वाचित प्रतिनिधिलाई बधाई, […]

सम्बन्धित

ताजा अपडेट