निकुञ्जमा खरखडाइका लागि करिव २२ हजार स्थानीयवासी प्रवेश

सदरलाइन संवाददाता २५ फाल्गुन २०८२, सोमबार १८:२९
 
समाचार सारांश
Generated Using AI
  • बर्दिया राष्ट्रिय निकुञ्ज मा खरखडाइका लागि करिब २२ हजार स्थानीयवासी दुई दिनका लागि प्रवेश गरेका छन्।
  • खर, बाबियो र नर्कट काट्न प्रति व्यक्ति १०० रुपैयाँ शुल्क तिरेर १८ स्थानबाट स्थानीयवासी निकुञ्जभित्र प्रवेश गरेका हुन्।
  • पहिलो दिन चितुवाको आक्रमणबाट ठाकुरबाबा–२ का सुरेश थारू सामान्य घाइते भएका छन् भने सुरक्षा र उद्धारका लागि विभिन्न टोली परिचालन गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

गुलरिया (बर्दिया) : बर्दिया राष्ट्रिय निकुञ्जमा खरखडाइका लागि करिव २२हजार स्थानीयवासी प्रवेश गरेका छन् । निकुञ्जले दुई दिनको लागि खरखडाइ सुरु गरेको छ । निकुञ्जमा खर, बाबियो, नर्कट लगायतको चिजवस्तु काट्न स्थानीयहरू निकुञ्जभित्र पसेका हुन् ।

हरेक वर्ष खरखडाइका लागि दुई दिन निकुञ्ज खुल्ला गरिँदैआएको छ । निकुञ्जमा खरखडाइका लागि २१ हजार छ सय जना स्थानीयवासी प्रवेश टिकट खरिद गरेका छन् । खरखडाइका लागि आइतबार र सोमबारका लागि खुल्ला गरिएको निकुञ्ज पदाधिकारीले जनाएका छन् ।

खरखडाइका लागि ५० रुपियाँ राजस्व र ५० रुपियाँ संरक्षण शुल्क गरी एकसय रुपियाँ प्रवेश शुल्क लिने गरिएको छ । निकुञ्ज वरिपरिका १८ वटा स्थानबाट स्थानीवासी प्रवेश गरेका छन् ।


निकुञ्जमा बिहान ७ बजेपछि मात्र प्रवेश गरी साँझ ५ बजेभन्दा अगाडि निस्कनु पर्ने नियम छ । त्यसैगरी खरखडाइ, बनकस, नर्कट बाहेकका वन पैदावर संकलन तथा निकासी गर्न नपाइने व्यवस्था गरिएको छ । निकुञ्जभित्र कागज, कपडा, प्लास्टिकजन्य फोहर र आगो लाग्ने सामान लैजान नपाइने व्यवस्था गरिएको छ ।

खरखडाइको लागि दिइएको पूर्जी सम्बन्धित व्यक्तिसमक्ष अनिवार्य रुपमा हुनुपर्ने निकुञ्जले जनाएको छ । खरखडाइको समयमा वन्यजन्तुको आक्रमण नहोस् र स्थानीयवासी सुरक्षित हुन् भनेर निकुञ्जको प्राविधिक टोली, नेपाली सेना, गेमस्काउट, चोरीशिकार युवा परिचाल अभियानमा संलग्न युवा, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति परिचालन गरिएको छ ।

खरखडाइको पहिलो दिन बर्दिया राष्ट्रिय निकुञ्जभित्र चितुवाले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका वडा २ कर्मला निवासी सुरेश थारू सामान्य घाइते भएका छन् । निकुञ्जभित्र कुनै पनि घटना भएमा तत्काल उद्धार गरी उपचारका लागि लैजाने बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत सरोजमणी पौडेलले बताए । उनले निकुञ्जमा कुनै पनि घटना नहोस् भनेर उच्च सर्तकता अपनाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मौसममा थप सुधार : आजदेखि तुवाँलो हट्ने

२५ फाल्गुन २०८२, सोमबार १८:२९
समाचार सारांश Generated Using AI बर्दिया राष्ट्रिय निकुञ्ज मा खरखडाइका लागि करिब २२ हजार स्थानीयवासी दुई दिनका लागि प्रवेश गरेका छन्।खर, बाबियो र नर्कट काट्न प्रति व्यक्ति १०० रुपैयाँ शुल्क तिरेर १८ स्थानबाट स्थानीयवासी निकुञ्जभित्र प्रवेश गरेका हुन्।पहिलो दिन चितुवाको आक्रमणबाट ठाकुरबाबा–२ का सुरेश थारू सामान्य घाइते भएका छन् भने […]

ताजा अपडेट