२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

कमल बिके निर्मोहीको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभा



नेपालगञ्ज  : पश्चिम नेपालका वरिष्ठ गायक, कलाकार तथा सञ्चारकर्मी स्वर्गीय कमल बिके निर्मोहीको १३औँ पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

बास नेपालको आयोजनामा स्व. निर्मोहीको निवासमा सम्पन्न श्रद्धाञ्जली सभामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जली सभा कार्यक्रममा उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, वरिष्ठ कलाकार शुन्दर गुरुङ्ख, दलित महिला संघ फेडोकी अध्यक्ष निर्मला सुनार तथा कलाकार विरेन्द्र यादवले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै स्वर्गीय निर्मोहीले नेपाली कला, संस्कृति तथा समाजसेवामा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

उनीहरूले निर्मोही सरल स्वभावका, प्रतिभाशाली तथा समाजप्रति प्रतिबद्ध कलाकार रहेको उल्लेख गर्दै उनको योगदान सधैं स्मरणीय रहने बताएका थिए ।

वक्ताहरूले निर्मोहीले जीवनभर कला र समाजसेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेको स्मरण गर्दै उनको अभाव सधैं खट्किरहने बताएका थिए । कमल बि.के. निर्माेहीको नाममा अक्षयकोष स्थापना गर्न सकेको खण्डमा उनको सम्मान हुने र अमर रहने उनिहरुको जोड थियो ।

कार्यक्रममा सहभागीहरूले स्वर्गीय निर्मोहीको तस्बिरमा पुष्प अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका थिए । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको उक्त कार्यक्रम बास नेपाल गण्डकी प्रदेश इन्चार्ज कमल शाहीले समापन गरेका थिए ।

कार्यक्रममा स्व कमल बि.क. निर्मोहीको परिवारका सदस्य, इस्टमित्र, स्थानीय कलाकार, बिभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

स्वर्गीय कमल बि.के. निर्मोहीको फागुन १२ गते उपचारकै क्रममा निधन भएको थियो । उनी नेपाली लोकसंगीत तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका ब्उक्तित्वको रूपमा परिचित थिए । स्व. निर्मोही बास नेपालका सक्रिय सदस्य समेत थिए ।

प्रकाशित मिति : २०८२ फागुन २४ गते आइतबार
ताजा समाचार