निर्वाचनको लागि जमुनाह नाका ७२ घण्टाका लागि बन्द

सदरलाइन संवाददाता १९ फाल्गुन २०८२, मंगलवार १०:३५
 
समाचार सारांश
Generated Using AI
  • बाँकेमा फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरेको छ।
  • फागुन १८ रातिदेखि २१ रातिसम्म आवतजावत बन्द रहनेछ भने अत्यावश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक लगाइनेछ।
  • निर्वाचन सुरक्षित बनाउन नेपाल र भारत दुवैतर्फ कडा सुरक्षा व्यवस्था गरिनेछ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका बाँकेका सीमा नाकाहरू ७२ घण्टाका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका जिल्लाका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको जानकारी दिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले फागुन १८ गते (सोमबार) राति १२ बजेदेखि फागुन २१ गते (बिहीबार) राति १२ बजेसम्म सीमा नाकाहरू पूर्ण रूपमा बन्द रहने जानकारी दिए ।


उनले सो अवधिमा सीमाबाट पैदलयात्री, मालवाहक तथा यात्रुवाहक सवारी साधनको आवतजावतमा रोक लगाइने बताए । यसैगरी फागुन २० गते (बुधबार) राति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन सञ्चालनमा निषेध गरिएको छ ।

एम्बुलेन्स, दूधका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सवारी सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी तामाङ्गले जानकारी दिए ।

निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल–भारत दुवैतर्फ उल्लेख्य रूपमा सुरक्षाकर्मी परिचालन गरिने समेत प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स वा राहदानीमध्ये कुनै एक भए मतदान गर्न पाईन्छ

१९ फाल्गुन २०८२, मंगलवार १०:३५
समाचार सारांश Generated Using AI बाँकेमा फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरेको छ।फागुन १८ रातिदेखि २१ रातिसम्म आवतजावत बन्द रहनेछ भने अत्यावश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक लगाइनेछ।निर्वाचन सुरक्षित बनाउन नेपाल र भारत दुवैतर्फ कडा सुरक्षा व्यवस्था […]

सम्बन्धित

ताजा अपडेट