उद्योगी व्यवसायीहरूसँग होलीमा इश्तियाक राई : ‘मतदाताहरूको भरोसा मेरो लागि ठूलो जिम्मेवारी हो’

सदरलाइन संवाददाता १८ फाल्गुन २०८२, सोमबार १९:२६
 
समाचार सारांश
Generated Using AI
  • बाँके क्षेत्र नं. २ का नेकपा एमाले उम्मेदवार मोहम्मद इश्तियाक राईले उद्योगी–व्यवसायीहरूसँग होली मनाउँदै शुभकामना आदान–प्रदान गरेका छन्।
  • कार्यक्रममा व्यवसायीहरूले उनलाई जितको शुभकामना दिँदै चुनावी समर्थन जनाएका छन्।
  • राईले मतदाताको भरोसालाई जिम्मेवारीका रूपमा लिँदै निर्वाचनमा जित नजिक रहेको दाबी गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आज उद्योगी–व्यवसायीहरूसँगै होली खेलेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेले नेपालगञ्जमा आयोजना गरेको होली मिलन कार्यक्रममा सरिक भई राईले होलीको शुभकामना आदान–प्रदान गरेका थिए ।

होली खेल्दै उद्योगी व्यवसायीहरूले उम्मेदवार राईलाई जितको शुभकामना दिएका थिए । होली मिलन कार्यक्रममा बोल्दै राईले उद्योगी व्यवसायीहरूले एमालेको निर्वाचन अभियानमा देखाएको सक्रिताको सह्राना गरे । सबैको सक्रिय साथ–सहयोग र समर्थनले आफूलाई फागुन २१ गतेको निर्वाचनमा जित नजिक पु¥याएको राईको भनाई थियो ।


सो क्रममा राईले करिब १ महिना निर्वाचन प्रचार–प्रसार र जनताका समस्याहरू बुझ्न घरदैलोमा जाँदा मतदाताले दर्साएको भरोसालाई आफूले ठूलो जिम्मेवारीका रूपमा लिएको बताए । कसैसँग भेट वा सम्पर्क हुन नसके पनि आफ्नो मन–मुटुमा सधैं नै यहाँका मतदाताहरू रहेको जिकिर गर्दै उम्मेदवार राईले बाँके निर्वाचन क्षेत्र नं १ मा यो पटक इतिहास रचिने दाबी गरे ।

आफ्नो निर्वाचन क्षेत्रसहित समग्र बाँकेलाई बलियो बनाउँदै यहाँका एजेन्डाहरूलाई काठमाडौंको सत्तासँग स्थापित गर्ने आफ्नो अठोट सुनाएका राईले पार्टीभन्दा बाहिरबाट पनि आफूले उल्लेख्य साथ पाएको र त्यो साथमा साथ निभाउन आफू पनि सक्रिय रहने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज लाग्ने चन्द्रग्रहण नेपालबाट एक घण्टा देखिने

१८ फाल्गुन २०८२, सोमबार १९:२६
समाचार सारांश Generated Using AI बाँके क्षेत्र नं. २ का नेकपा एमाले उम्मेदवार मोहम्मद इश्तियाक राईले उद्योगी–व्यवसायीहरूसँग होली मनाउँदै शुभकामना आदान–प्रदान गरेका छन्।कार्यक्रममा व्यवसायीहरूले उनलाई जितको शुभकामना दिँदै चुनावी समर्थन जनाएका छन्।राईले मतदाताको भरोसालाई जिम्मेवारीका रूपमा लिँदै निर्वाचनमा जित नजिक रहेको दाबी गरेका छन्। यो सारांश AI द्वारा सिर्जना गरिएको […]

ताजा अपडेट