समाचार सारांश
- बाँके क्षेत्र नं. ३ मा नेपाली कम्युनिस्ट पार्टी का उम्मेदवार दिपककुमार गौरी मगर (जिएम)को पक्षमा बैजनाथमा बृहत् शक्ति प्रदर्शन गरिएको छ।
- घरदैलो र र्यालीमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै चुनावी माहोल उत्कर्षमा पुगेको बताइएको छ।
- उम्मेदवारले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सुधारलाई प्राथमिकतामा राख्दै समृद्ध बैजनाथ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

खजुरा (बाँके) : नेपाली कम्युनिस्ट पार्टीका बाँके क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपककुमार गौरी मगर (जिएम.) पक्षमा बाँके–३ मा नेपाली कम्युनिष्ट पार्टीको शक्ति प्रदर्शन गरिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अन्तिम प्रचार दिन फागुन १८ गते उम्मेदवार जिएम. सहित नेता–कार्यकर्ता र स्थानीय जनताको उल्लेख्य सहभागितामा बैजनाथमा बृहत् शक्ति प्रदर्शन गरिएको हो ।
बैजनाथ स्तरीय शक्ति प्रदर्शन र्याली बैजनाथ–५ बाट सुरु भई वडा नं. ६ को एचगाउँ, हस्नापुर, चाँदनी, सम्झनाटोल, लालपुर, २८ घर, गडरही, रामपुर, छमनिया, नौवस्ता, डिगिया, चिसापानी, गाभर, बनियाभार, बैरहवा, बनकटुवा हुँदै जिगाउँ स्याउली बजार पुगेर कोणसभामा परिणत भएको थियो ।

गाउँ–गाउँ र टोल–टोलमा पुगेको टोलीले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै चुनावी माहोललाई उत्कर्षमा पु¥याएको छ ।
घरदैलोका क्रममा उम्मेदवार जिएमले आफ्नो निर्वाचन क्षेत्रका जनताको आधारभूत समस्या समाधान, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, शिक्षा र स्वास्थ्य सुधारलाई प्राथमिकतामा राख्दै समृद्ध बैजनाथ निर्माणका लागि आफू पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए ।
र्यालीमा सहभागी जनसागरले बैजनाथमा परिवर्तन र विकासका लागि जिएम नै विकल्प भएको नारासहित उत्साहजनक समर्थन जनाएको देखिएको प्रचारप्रसार तथा आईटी संयोजक सुशील लामिछानेले जानकारी दिए ।



