काँग्रेस सबैलाई समेट्ने सबैलाई अटाउन सक्ने पार्टी हो : उम्मेदवार गौडेल

सदरलाइन संवाददाता १७ फाल्गुन २०८२, आईतवार १९:३१
 
समाचार सारांश
Generated Using AI
  • नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेलले नेपाली कांग्रेस सबै वर्ग र समुदायको हकहितका लागि लड्ने पार्टी भएको बताएका छन्।
  • उनले सुशील कोइराला नेतृत्वमा बनेको २०७२ को संविधानले सबैको अधिकार सुनिश्चित गरेको उल्लेख गरे।
  • आगामी निर्वाचनमा रुख चिन्हमा मतदान गर्न अपिल गर्दै कांग्रेसको योगदान मूल्यांकन गर्न मतदातासँग आग्रह गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

कोहलपुर : नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेलले नेपाली काँग्रेस हरेक वर्ग, समुदायको हक हितका लागि लड्ने पार्टी भएको बताएका छन् ।

बाँके क्षेत्र नम्बर १ अन्तरगत कोहलपुर नगरपालिका वडा नम्बर १, ५, ६ र १५ मा मतदातासँगको भेटघाटका क्रममा उनले नेपाली कांग्रेस नै पछाडी परेका वर्ग, समुदायको हकहितका लागि अहिलेसम्म लडेको बताए ।

२००७ सालदेखि हालसम्म भएका हरेक परिवर्तनको अगुवाई पनि कांग्रेसले नै गरेको उनको भनाई छ । नेपाली कांग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशील कोइरालाको नेतृत्वमा बनेको २०७२ को संविधानमा सबै जाती, वर्ग, समुदायको हक अधिकार सुनिश्चित रहेको उनले बताए ।


कांग्रेसले हरेक कालखण्डमा आफुलाई परिवर्तन गरेको स्मरण गर्दै पार्टीका जिल्ला सभापति समेत रहेका उम्मेदवार गौडेलले जेन–जी आन्दोलनपछि पनि आफ्नो नेतृत्व र नीति परिवर्तन गर्ने पहिलो पार्टी कांग्रेस नै भएको स्पष्ट पारे ।

नेपाली कांग्रेसले गरेको योगदानलाई मुल्यांकन गरेर फागुन २१ गते हुन लागेको निर्वाचनमा रुख चिन्हमा मतदान गरेर जिताउन उनले सबैलाई अपील गरे ।

कोहलपुर नगरपालिका वडा नम्बर १ मा भएको मतदाता भेटघाटका क्रममा वडा सभापति भोजेन्द्र रेग्मी, वडा नम्बर ५ मा भएको कार्यक्रममा वडासभापति फुलकुमारी थारु, वडा नम्बर ६ मा भएको कार्यक्रममा वडासभापति श्रीकृष्ण थारु र वडा नम्बर १५ मा भएको कार्यक्रममा वडा सभापति दुर्गाबहादुर हमालसहित पार्टीका जिल्ला सचिव सञ्जुकुमारी चौधरी, क्षेत्रीय सभापति पोषणराज केसी, विभिन्न तहका नेता तथा कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले उम्मेदवार राई भन्छन : विकासको दृष्टिले बाँके २ मा तीन वर्ष खेर गयो

१७ फाल्गुन २०८२, आईतवार १९:३१
समाचार सारांश Generated Using AI नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेलले नेपाली कांग्रेस सबै वर्ग र समुदायको हकहितका लागि लड्ने पार्टी भएको बताएका छन्।उनले सुशील कोइराला नेतृत्वमा बनेको २०७२ को संविधानले सबैको अधिकार सुनिश्चित गरेको उल्लेख गरे।आगामी निर्वाचनमा रुख चिन्हमा मतदान गर्न अपिल गर्दै कांग्रेसको […]

ताजा अपडेट