समाचार सारांश
Generated Using AI
- बाँके क्षेत्र नं. २ का नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार मोहम्मद इश्तियाक राई घरदैलो अभियानमा सक्रिय भएका छन्।
- शनिबार नेपालगञ्ज–१८ का विभिन्न टोलमा पुगेर उनले मतदातासँग मत मागेका छन्।
- मतदाताबाट सकारात्मक प्रतिक्रिया आएको र अभियानमा स्थानीय नेता–कार्यकर्ताको समेत सहभागिता रहेको जनाइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्बाचानमा बाँके क्षेत्रनं. २ का एमाले उम्मेदवार मोहम्मद इश्तियाक राई घरदैलो अभियानमा ब्यस्त भएका छन् ।
चुनावी अभियानका क्रममा शनिबार उनी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का बिभिन्न टोलबस्तिहरुमा पुगेर आफ्ना पक्षमा मत मागेका छन् ।

पुर्वमन्त्री समेत रहेका उम्मेदवार राई वडा नम्बर १८ अन्तरगत पर्ने प्रगति नगर, अम्मर नगर र पशुपतिनगर लगायत टोलमा पुगेर मत मागेका हुन् ।
उम्मेदवार राई ती टोलहरुमा पुग्दा मतदाताले सहयोग गर्ने वचन दिएको एमालेका नेता शकिल खानले जानकारी दिएका छन् । सो क्रममा एमालेका नेता एवम् नेपालगञ्ज १८ का वडा अध्यक्ष दिपक बर्मा लगायतका नेता ताथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


