समाचार सारांश
- नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलले थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता दिँदै व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन्।
- धार्मिक पर्यटन र आदिवासी जनजातिको कला–संस्कृति संरक्षणका लागि विभिन्न मन्दिर तथा संग्रहालय विकास गर्ने योजना अघि सारेका छन्।
- चुनावी अभियानअन्तर्गत उनले कोहलपुर र नरैनापुर क्षेत्रमा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्।

कोहलपुर (बाँके) : नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलले थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न समुदायसँगको निरन्तर छलफलमा रहेका उम्मेदवार गौडेलले आफु उम्मेदवार नहुँदा पनि आदिवासी जनजातिहरुको कला संस्कृति संरक्षणमा वकालत गर्दै आएको दाबी गरे ।
उनले थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गरिने पनि बताए । उनले धार्मिक पर्यटन प्रवर्धनका लागि बर्फानी बाबा, सन्तानेश्वर महादेव र भूवर भवानी मन्दिर क्षेत्रको विकासका लागि आवश्यक गुरुयोजना तयार गरी कार्य गर्ने पनि बताए ।

आदिबासी जनजातिका कला, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न कोहलपुर नगरपालिका वडा नं.८ मा रहेको सितल बनबाटिकामा निर्माणाधीन जनजाति संग्राहलय, कोहलपुर वडा नं.११ म थारु संग्राहलय र कोहलपुर वडा नं.२ मा दलित संग्राहलयलाई दू्रतगतिमा निर्माण गर्न नेतृत्वदायी भूमिका खेल्ने बताए ।
उनले नेचर गाइड, होम स्टे संचालन, पर्यापर्यटन, ¥याफटिङ, बन्जी जम्प एवम् टे«किङ जस्ता तालिमको व्यवस्था गरी पर्यटन प्रवर्धन गरी रोजगारीमा युवाहरुको पहुँच वृद्धि गर्ने पनि गौडेलले बताए ।
तीब्र चुनावी भेटघाट र घरदैलोमा रहेका गौडेलले आज कोहलपुर बजार क्षेत्रमा घरदैलो गरेका छन् । अपरान्हपछि भने नरैनापुरका बाँकी वडा नं.४ र वडा नं.६ का विभिन्न वस्तीमा घरदैलो गर्ने कार्यक्रम रहेको प्रचार सचिवालयले जनाएको छ ।


