सभापति थापाले भने  : आगामी पाँच वर्ष कामको वर्ष

सदरलाइन संवाददाता १४ फाल्गुन २०८२, बिहीबार १९:१८
 
समाचार सारांश
Generated Using AI
  • नेपाली काँग्रेस बाँकेले जानकी गाउँपालिकामा आयोजित आमसभामा काँग्रेस सभापति गगनकुमार थापाले सुशासन, शिक्षा र स्वास्थ्य सुधारलाई मुख्य एजेण्डा बनाउने प्रतिबद्धता जनाए।
  • उनले विगतका सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चाल्ने बताए।
  • चुनावी माहोलबीच भएको उक्त सभा कांग्रेसको नीतिगत सन्देश केन्द्रित कार्यक्रमका रूपमा देखिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।


नेपालगञ्ज :  प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली काँग्रेसले बाँकेको जानकी गाउँपालिकामा चुनावी सभाको आयोजना गरेको छ

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै गरिएको उक्त सभा आयोजना गरिएको हो । सभामा सभापति गगन थापा प्रमुख अतिथी रहेका थिए । स्थानीय बासिन्दा, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सभालाई सम्बोधन गर्दै सभापति थापाले आफ्नो दलको आगामी पाँच वर्षको योजना सार्वजनिक गरे । जसमा रोजगारी सिर्जना, लगानीमैत्री वातावरण निर्माण र ठूला पूर्वाधार आयोजनाको तीव्र कार्यान्वयनलाई प्रमुख प्राथमिकतामा राख्ने बताए ।

उनका अनुसार अबको समय “असामान्य काम गर्ने समय” हो, जहाँ परम्परागत शैलीले होइन, तीव्र निर्णय र जोखिम लिन सक्ने नेतृत्व आवश्यक छ । उनले थन्किएका पूर्वाधार आयोजना छोटो समयमा सम्पन्न गर्न स्पष्ट योजना र दृढ राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उल्लेख गरे ।


थापाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राख्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने सुधार ल्याउने दाबी गरे । “एक रुपैयाँ पनि दुरुपयोग नगरी शिक्षा र स्वास्थ्यलाई सुदृढ बनाइनेछ,” उनले भने । साथै, २०४६ सालयता सार्वजनिक पदमा रहेका प्रधानमन्त्री र मन्त्रीहरूको छानबिन गर्ने घोषणा गर्दै उनले सुशासन र पारदर्शितामा कडा प्रतिबद्धता व्यक्त गरे ।

इतिहासको प्रसंग जोड्दै उनले संविधान निर्माण प्रक्रियाको जटिलता स्मरण गरे र वर्तमान अवस्थामा संविधानको रक्षा र कार्यान्वयनका लागि आफ्नो दललाई मत दिन अपिल गरे । यस सन्दर्भमा उनले सुशील कोइराला नेतृत्वमा संविधान जारी भएको उल्लेख गर्दै त्यसको संरक्षण अहिलेको मुख्य दायित्व भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल

१४ फाल्गुन २०८२, बिहीबार १९:१८
समाचार सारांश Generated Using AI नेपाली काँग्रेस बाँकेले जानकी गाउँपालिकामा आयोजित आमसभामा काँग्रेस सभापति गगनकुमार थापाले सुशासन, शिक्षा र स्वास्थ्य सुधारलाई मुख्य एजेण्डा बनाउने प्रतिबद्धता जनाए।उनले विगतका सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चाल्ने बताए।चुनावी माहोलबीच भएको उक्त सभा कांग्रेसको नीतिगत सन्देश केन्द्रित कार्यक्रमका रूपमा देखिएको छ। […]

ताजा अपडेट