निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

सदरलाइन संवाददाता १० फाल्गुन २०८२, आईतवार १८:३९
 
समाचार सारांश
Generated Using AI
  • निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २०–२२ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
  • मतदानमा सहभागिता बढाउने उद्देश्यले यस्तो प्रस्ताव गरिएको हो, जहाँ फागुन २१ गते मतदान हुँदैछ।
  • अन्य बिदासँग जोडिँदा निर्वाचन आसपास लामो बिदा पर्ने सम्भावना देखिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

 


नेपालगञ्ज : निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ । आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकारलाई अनुरोध गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले उक्त सिफारिस गरिएको हो । प्रतिनिधिसभा सदस्य चयनका लागि फागुन २१ गते मतदान हुँदैछ ।


सार्वजनिक बिदाबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ । आयोगको सिफारिसअनुसार निर्णय भए निर्वाचनको समयावधिमा करिब एक सातासम्म निरन्तर बिदा पर्न सक्ने देखिन्छ ।

यसअघि फागुन १८ गते पहाडी जिल्लामा फागु पूर्णिमाको बिदा र १९ गते तराई क्षेत्रमा बिदा परेको छ भने फागुन २४ गते शनिबार परेको छ । यसरी हेर्दा निर्वाचन आसपासका दिनहरूमा लामो बिदाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कम्युनिष्ट पार्टी बाँके निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवारद्वारा संकल्प पत्र सार्वजनीक

१० फाल्गुन २०८२, आईतवार १८:३९
समाचार सारांश Generated Using AI निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २०–२२ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।मतदानमा सहभागिता बढाउने उद्देश्यले यस्तो प्रस्ताव गरिएको हो, जहाँ फागुन २१ गते मतदान हुँदैछ।अन्य बिदासँग जोडिँदा निर्वाचन आसपास लामो बिदा पर्ने सम्भावना देखिएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। […]

ताजा अपडेट