२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

काँग्रेसका उम्मेदवार सुधान्शु भुजइँगाउँमा मतमाग्दै



नेपालगञ्ज :  नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुधान्शु कोइरालाले शुक्रबार नेपालगञ्ज–१८ भुजइँगाउँमा घरदैलो गरेका छन् ।

वडा कार्यसमितिको अगुवाइमा घरदैलो गरिएको वडा सभापति जगदीशप्रसाद कुर्मीले जानकारी दिए । उम्मेदवार कोइरालाप्रति मतदाताहरु उत्साहित देखिएको घरदैलोमा सहभागि तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी दिए ।

राजनीतिक विरासत बोकेका युवा नेता कोइरालालाई उम्मेदवारका रुपमा पाउँदा मतदाताहरु उत्साहित देखिन्थे । कोइराला ४४ वर्षका युवा हुन् । उनी काँग्रेस बाँकेका सचिव पनि हुन् ।

जेनजी आन्दोलनपछि काँग्रेस बदलिएको र बदलिएको काँग्रेसले देश बदल्ने अठोट सहित आफु नागरिकको घरदैलोमा आएको भन्दै कोइरालाले सहयोगको आग्रह गरे ।

उम्मेदवार कोइरालाले घरदैलोमा नागरिकका समस्याहरु सुन्ने र समाधानका निमित्त भूमिका खेल्ने विश्वास दिलाए ।

प्रकाशित मिति : २०८२ फागुन ८ गते शुक्रबार
ताजा समाचार