बाँकेमा दिगो वन ब्यवस्थापनपछि वनको हैसियद सुध्रिदै

लक्ष्मी तिमिल्सेना ७ फाल्गुन २०८२, बिहीबार १२:५२
 
समाचार सारांश
Generated Using AI
  • बाँकेका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएपछि बिग्रिएको वनको अवस्था सुधारिएको छ ।
  • सतिसाल, साज, मौवा, साल, खयर, अस्ना जस्ता बहुमूल्य तथा लोपउन्मुख प्रजातिहरुको संरक्षण बढेको छ।
  • सुरुमा ११ सामुदायिक वनबाट शुरु गरिएको कार्यक्रम अहिले ३९ वटा वनमा विस्तार भएको छ ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : पछिल्लो समय बाँकेका सामुदायिक वनमा दिगो वन ब्यवस्थापन कार्यक्रम लागु भएपछि पहिले बिग्रिएको वनको हैसियत अहिले सुध्र्रिएको छ । लोपउन्मुख प्रजाति सतिसाल, साज, मौवा लगायतका प्रजाति संरक्षण हुनुका साथै बहुमुल्य प्रजातिको रुपमा रहेका साल, खयर, अस्ना लगायतका प्रजातिहरुको संरक्षण हुन थालेको छ ।
बाँकेमा एक सय १८ वटा सामुदायिक वन रहेका छन ।

दिगो वन ब्यवस्थापन कार्यक्रम भने बाँकेमा ११ सामुदायिक वनबाट शुरु गरिएको थियो । तर अहिले वन सम्बद्र्धन प्रणालीमा आधारित दिगो वन ब्यवस्थापन कार्यक्रम सफल हुदै गएपछि ३९ वटा सामुदायिक वनहरुमा यो कार्यक्रम लागु गरिएको बरिष्ठ वन अधिकृत सुशिल सुवेदीले जानकारी दिए ।

वनमा ‘वन सम्र्बद्धन प्रणाली’ लागु भएपछि अहिले वनको हैसियत सुध्रिएको छ । सामुदायिक वनमा आश्रित रहेका उपभोक्ताहरुको आयआर्जनको बलियो श्रोत बन्न थालेको छ ।

यो कार्यक्रम लागु भएसगै समुहका उपभोक्ताहरुमा रोजगारीको समेत सृजना भएको छ । मितेरी सामुदायिक वन उपभोक्ता समुहका सुशिला चौधरीका अनुसार दिगो वन ब्यवस्थापन कार्यक्रमको सवल पक्ष भनेको वनको पुनरउत्पादन संगै काम गर्दा महिला पुरुषको समान ज्याला समेत हो ।


सामुदायिक वनका उपभोक्ताहरुले वन ब्यवस्थापनको लागी झाडिसफाई, बहुमुल्य प्रजातिको रुपमा रहेका साल, खयरहरुको पुनरउत्पादन, प्रर्बधनका कामहरु गर्दै आएका छन । आम्दानी पनि हुने भएपछि उपभोक्ताहरुले सक्रियता बढाएका छन ।

मिचाह प्रजातिलाई हटाउदै रैथाने बिरुवाहरुको पुर्नउत्पादन र संरक्षणमा समुहले काम गर्दै आएको ज्योति सामुदायिक वन उपभोक्ता समुहका गणेश घर्ती बताउछन् । दिगो वन ब्यवस्थापन लागु भएपछि रोजागरी समेत सृजना भएको छ । यसले समुहको आयआर्जन ३ देखि ८ गुण सम्म बृद्धि भएको छ । हाल कोहलपुर क्षेत्रमा रहेका सामुदायिक वन क्षेत्रमा हुँडार, चौका, गिद्ध जस्ता प्रजातिहरुको उपयुक्त बासस्थान बन्न थालेको चरा संरक्षण कर्मी इन्द्रजित परियारको भनाई छ ।

यसको प्रभावकारीता बढेसगै बाँकेका थप १५ वटा सामुदायिक वनमा दिगो वन ब्यवस्थापन कार्यक्रम लागु गरिने भएको छ । यसले समुदायको आयआर्जन सगै जैविक विविधतामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्र नम्बर २ का उम्मेदवारले गरे एजेण्डामाथि बहस

७ फाल्गुन २०८२, बिहीबार १२:५२
समाचार सारांश Generated Using AI बाँकेका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएपछि बिग्रिएको वनको अवस्था सुधारिएको छ ।सतिसाल, साज, मौवा, साल, खयर, अस्ना जस्ता बहुमूल्य तथा लोपउन्मुख प्रजातिहरुको संरक्षण बढेको छ।सुरुमा ११ सामुदायिक वनबाट शुरु गरिएको कार्यक्रम अहिले ३९ वटा वनमा विस्तार भएको छ । यो सारांश AI […]

सम्बन्धित