एमाले उम्मेदवार मो. इश्तियाक राई डुडुवामा सक्रिय

सदरलाइन संवाददाता ६ फाल्गुन २०८२, बुधबार १९:०२
 
समाचार सारांश
Generated Using AI
  • नेकपा एमालेका बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले डुडुवा क्षेत्रमा घरदैलो र कोणसभा कार्यक्रम सञ्चालन गरेका छन्।
  • उनले डुडुवामा सुविधासम्पन्न अस्पताल निर्माण, दक्ष जनशक्ति व्यवस्था तथा बाढी–डुबान नियन्त्रणका लागि राप्ती नदी र डुडुवा खोलामा पक्की तटबन्ध निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।
  • सडक र पुल निर्माणसहित स्वास्थ्य सेवाको स्तरोन्नति गर्ने योजना सार्वजनिक गर्दै साँझ नेपालगञ्ज–७ मा पनि कार्यक्रम तय गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज  : नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाँकेका उम्मेदवार मोहम्मद इश्तियाक राई मंगलबार डुडुवा क्षेत्रमा चुनावी कार्यक्रमहरूमा सहभागी भएका छन् । बिहान ८ बजेदेखि डुडुवामा राईको घरदैलो र कोणसभा चलिरहेको छ ।

डुडुवा– २ बाट आज विहान चुनावी प्रचार–प्रसचार सुरु गरेका राईले दिउँसोसम्म घरदैलो गरिरहेका छन् । आज वडा नं २ का मतदाताहरूको घरघरै पुगेर राईले आफ्ना चुनावी अजेन्डाहरू प्रस्तुत गरेका छन् । उम्मेदवार राइले डुडुवामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, दक्ष जनशक्तिको व्यवस्था गर्ने, बाढी र डुबानको समस्या समाधान गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाढी र डुबान नियन्त्रण गर्न डुडुवा १ र २ नम्बर वडा चौफेरी र पाझामा राप्ती नदीमा तथा डुडुवा खोलाका आवश्यक ठाउँहरूमा पक्की तटबन्ध निर्माण गर्ने राईले प्रतिबद्धतापत्र मार्फत घोषणा गरिसकेका छन् ।

त्यस्तै वेतहनी–होलिया–चौफेरी–नरैनापुर जोड्ने सडक र त्यहाँ आवश्यक पर्ने पुलहरू निर्माण गर्न आफूले पहल गर्ने पनि उम्मेदवार राईको प्रतिबद्धता छ ।


डुडुवा लगायत पालिकास्तरमा रहेका १५ शैयाका अस्पताल र स्वास्थ्य चौकीहरूलाई सुविधासम्पन्न बनाउँदै प्रसुति सेवा सुरु गर्न आफू क्रियाशील हुने राईको भनाई छ ।

उम्मेदवार राईले आजै साँझ नेपालगञ्जको वडा नं ७ प्रगतिमार्गमा कोणसभा र घरदैलो गर्ने कार्यक्रम तय भएको राईको निर्वाचन प्रचार सचिवालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा दिगो वन ब्यवस्थापनपछि वनको हैसियद सुध्रिदै

६ फाल्गुन २०८२, बुधबार १९:०२
समाचार सारांश Generated Using AI नेकपा एमालेका बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले डुडुवा क्षेत्रमा घरदैलो र कोणसभा कार्यक्रम सञ्चालन गरेका छन्।उनले डुडुवामा सुविधासम्पन्न अस्पताल निर्माण, दक्ष जनशक्ति व्यवस्था तथा बाढी–डुबान नियन्त्रणका लागि राप्ती नदी र डुडुवा खोलामा पक्की तटबन्ध निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।सडक र पुल […]

सम्बन्धित

ताजा अपडेट