
नेपालगञ्ज : बाँके क्षेत्र नं. २ अन्तरगत नेपालगञ्ज–६ मा नेपाली कांग्रेसका उम्मेदवार सुधांशु कोइरालाले बुधबार मतदाताका घरदैलो पुगेर मत मागेका छन् ।
कोइरालाले मतदाता समक्ष पुगेर कांग्रेसले जन भावनालाई संबोधन गर्ने बताउदै आफुलाई मतदान गरी प्रतिनिधि सभामा पुराउन अनुरोध गरेका हुन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपुर्ण योगदान गरेको कोइराला परिवारका पछिल्लो पुस्ता हुन उम्मेदवार कोइराला । उनले आफुले मतदाताको भावना बुझ्दै जनकार्यमा विश्वास गर्ने पार्टी नेपाली काँग्रेस मात्र भएकोले आफुलाई मतदान गर्न अनुरोध गरे ।
नेपाली कांग्रेसका नेता कार्यकर्ता सहित घरदैलौमा पुगेका उम्मेदवार काईरालाले नेपालगञ्जका विभन्न स्थानमा मतदाताका घरदैलोमा पुगेर उनीहरुको सुझाव संकलन गर्नुका साथै आफ्ना पक्षमा मतसमेत मागेका थिए ।
प्रकाशित मिति : २०८२ फागुन ६ गते बुधबार




प्रतिक्रिया दिनुहोस्