
नेपालगञ्ज : चुनावी अभियानका क्रममा नेकपा एमालेको तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मोहम्मद इस्तियाक राईले आज मंगलबार निर्वाचन क्षेत्रका विभिन्न स्थानमा घरदैलो साथै मतदाता भेट र कोणसभा गरेका छन् ।
यसक्रममा उनले मंगलबार बिहान नेपालगञ्ज रंगशालामा खेलाडिसंग अन्तरक्रिया गरेका उनले नेपालगञ्ज–२ घरवारीटोलमा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका थिए ।

चुनावी अभियानका क्रममा उम्मेदवार राईले आजै तीन स्थानमा कोणसभा आयोजना गरेका छन् । उनले डुडुवाको बडानं २ पिप्रहवा, नेपालगञ्जको एकलैनी र साँझ नेपालगञ्ज –२० को नाटनपुरवामा कोणसभा सम्पन्न गरेका छन ।
हिजो मात्र आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेका उनले प्रतिबद्धता पत्रमा उल्लेख भएका कुराहरुलाई बुदागत रुपमा प्रष्ट पार्दै समृद्ध नेपालगञ्ज–डुडुवाका लागि आफ्ना पक्षमा मत जाहेर गर्न अपिल गरे ।


