
नेपालगञ्ज : एमालेका तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार मोहम्मद इस्तियाक राईले मतदाताका घरदैलोमा पुगेर मतदाताको अपेक्षा संकलन गरिरहेका छन् ।
यसैक्रममा विहीबार उनले समानुपातिक उम्मेदवार मो हारुन हल्वाईसहितको टोलीका साथमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१ र २२ का मतदाताको घरदैलोमा पुगेर मतदाताको अपेक्षा संकलन गरेका हुन ।
नेकपा एमालेका तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राईले मतदाता भेटघाट कार्यक्रममा मतदाताहरूको गुनासो सुन्दै आफू निर्वाचित भए क्षेत्रका लागि चाल्ने कदमका विषयमा प्रष्ट पारेका थिए ।
उनले अफुले जनताको समस्या नजिकबाट बुझेको बताउदै निर्वाचनमा जनताको विश्वास जित्नेगरी आफुले काम पहिला पनि गरेको र फेरी पनि गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार




प्रतिक्रिया दिनुहोस्