२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

कांग्रेसका उम्मेदवार घरदैलो अभियान तीब्र



डुडुवा (बाँके)  : बाँके निर्वाचन क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले मतदातासंग भेटघाट तथा घरदैलो अभियान तीब्र बनाएका छन् । उनले निर्वाचन क्षेत्र अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँ–टोलका मतदाताहरुसंग भेट्न घरदैलो गरि रहेका छन् ।

उम्मेदवार कोइरालाले आज (विहीबार) डुडुवा गाउँपलिकाको वडा नम्बर २ को बेतहनी, नौरीगौढी र बाणी गाउँका मतदाताहरुसंग भेटघाट गरेका छन् । भेटघाटका क्रममा स्थानीयले गाउँघरका समस्याका बारेमा कुरा सुनाउँदै समाधानका लागि पहल गर्न अनुरोध गरेका छन् ।

उनीहरुले गाउँघरमा नाला निर्माण, सांगुरो बाटो निर्माण, खानेपानी धारा, माटो पटान, कृषि सिंचाईको व्यवस्था, मलखादको सहज आपूर्ति, घरमै सामाजिक सुरक्षा भत्ताको वितरण लगायतका सवाल उठाएका थिए ।

नागरिकका समस्या सुन्दै उम्मेदवार कोइरालाले आफू निर्वाचित भएमा वास्तविक समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता गरे ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार
ताजा समाचार