समाचार सारांश
- नेपालगञ्ज–४ मा नेकपा एमालेको प्रचार सम्पर्क कार्यालय उद्घाटन गरिएको छ।
- प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले उठाएका मुद्दाहरू अन्य दलले पनि समेटेकोमा धन्यवाद व्यक्त गरे।
- घरदैलो अभियानमार्फत मतदाताको सुझाव संकलन गर्दै उनले फागुन ४ गते प्रतिबद्धता पत्र सार्वजनिक गर्ने बताएका छन्।

नेपालगञ्ज : बाँके निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले उठाएका मुद्दाहरूलाई अरू प्रतिस्पर्धीहरूले पनि उठाएकोमा सह्राना गरेका छन् ।
आज वडा नं ४ मा नेकपा एमालेको कार्यालय उद्घाटन गर्दै एमालेबाट उम्मेदवार रहेका राईले भभने–‘ मैले यहाँको आवश्यकता अनुसार उठाएका मुद्दाहरूलाई अरू दलका उम्मेदवारहरूले पनि क्यारी गर्न थाल्नुभएको छ । वहाँहरूलाई विशेष धन्यवाद छ ।’
बाँके क्षेत्र नं २ का मतदाताहरूको घरघरै पुगेर आफूले अहिले मतदाताको माग र चाहना बुझ्ने काम गरिरहेको बताएका राईले सोही अनुसार फागुन ४ गते आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्ने जानकारी पनि दिए ।
उम्मेदवार राईले काम गरेको इतिहास र भविष्यमा पनि तुलनात्मकरूपमा काम गर्न सक्ने व्यक्तिलाई निर्वाचित गर्न समेत मतदाता समक्ष आग्रह गरेका छन्् ।
कार्यालय उद्घाटनपछि राईले वडा नं ४ मा मतदाताहरूको घरघरै पुगेर मतदाताको अपेक्षा बट्लेका थिए ।



