नरैनापुरदेखि एमाले बाँकेले चुनाव प्रचारको सुरुवात गर्यो

सदरलाइन संवाददाता १४ माघ २०८२, बुधबार १९:११
 

  

नरैनापुर (बाँके)  : आसन्न फगुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले बुधबार नरैनापुरमा चुनावी सभा आयोजना गरी प्रचार अभियानको सुरुवात गरेको छ ।

एमालेको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट सूर्य ढकाल, क्षेत्र नम्बर २ बाट मोहम्मद ईश्तियाक राई तथा क्षेत्र नम्बर ३ बाट सुमन मल्ल चुनावी प्रतिस्पर्धामा रहेका छन् । उम्मेदवारसहित आयोजित सभामा सहभागी नेताहरूले समग्र बाँकेमा एमालेको नेतृत्वमा भएको विकास, सुशासनका बारेमा स्मरण गर्दै र नरैनापुरका जनताको जीवनस्तर उकास्ने गरी विकासको प्रतिबद्धता व्यक्त गरे ।

सभालाई सम्बोधन गर्दै क्षेत्रनै २ का उम्मेरवार राईले नरैनापुरमा बाटो पुराउन देखि नेपालगञ्जसम्म जोडदाको काम हेरेर आफ्नो मत जाहेर गर्न आग्रह गरे ।

यसैगरी क्षेत्रनै २ का उम्मेदवार ढकाल र क्षेत्र नं ३ का उम्मेदवार मल्लले आफुलाई विजयी बनाउन आग्रह गरेका थिए ।


सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार मोहम्मद हारुन हल्वाईले एमालेले मात्रै देशलाई स्थायित्व र विकासको दिशामा लैजान सक्ने दाबी गरे ।

केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य बसन्ती अधिकारीले बाँकेका जनताको समस्यालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि बढाइने बताउदै आफ्ना उम्मेदवार लाई जिताउन आग्रह गरिन् ।

स्थानीय कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न सभाले नरैनापुर क्षेत्रमा एमालेको चुनावी अभियानलाई थप ऊर्जा दिएको थियो ।

बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने नरैनापुरमा आयोजित सभामा केन्द्रीय सदस्य शान्ति ढकाल, अमर ख्डका, जिल्ला अध्यक्ष निरक गुरुङ्ग, एमालेका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिजपको लुम्बिनी प्रदेश समिति गठन अध्यक्षमा डम्बर र सचिबमा हेमराज

१४ माघ २०८२, बुधबार १९:११
नेपालगञ्ज : बालवालिकाको क्षेत्रमा क्रियाशिल संस्था बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को लुम्बिनी प्रदेश स्तरीय समिति गठन भएको छ । सिजपको प्रदेश स्तरीय सदस्य संस्थाहरुको आज भएको भेलाले बिग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारको अध्यक्षतामा ७ सदस्सीय प्रदेश समिति चयन गरेको छ । यसरी चयन भएको प्रदेश समितिको सचिबमा बास […]

ताजा अपडेट