लोककल्याणकारी विज्ञापन सञ्चार माध्यम मैत्री हुन सकेन

सदरलाइन संवाददाता १३ माघ २०८२, मंगलवार १५:४०
 

नेपालगञ्ज : विज्ञापन बोर्ड नेपालले सञ्चार माध्यमलाई वितरण गर्ने लोककल्याणकारी विज्ञापन अझै सञ्चार माध्यममैत्री बन्न नसकेको सम्वद्ध सरोकारवालाले गुनासो गरेका छन् । विज्ञापन बोर्ड नेपालले नेपालगन्जमा सोमबार आयोजना गरेको ‘विज्ञापन नियमनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया/क्षमता विकास कार्यक्रम’ मा सहभागी भएका सम्वद्ध सरोकारवालाले यस्तो गुनासो गरेका हुन् ।

बोर्डले सबै सञ्चार माध्यमलाई समेट्न नसकेको, पत्र पत्रिका र रेडियोलाई वितरण गर्ने लोककल्याणकारी विज्ञापनको प्रक्रिया फरक रहेको, अनलाईन सञ्चार माध्यमलाई उपेक्षा गरिएको, वर्गिकरण गर्दा मोफसलका पत्रपत्रिकालाई मुल्यांकन गर्ने मापदण्ड फरक गरिएको जस्ता गुनासो पोखे ।


कार्यक्रम उद्घाटन शत्रमा विज्ञापन बोर्ड नेपालका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाई, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योती बानिया, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई लगायतले बोलेका थिए । कार्यक्रमको दोस्रो शत्रमा बोर्डका कार्यकारी अध्यक्ष हुमागाई र उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष बानियाले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा प्रस्तुतीकरणपछि उपस्थित पत्रकारहरुले विभिन्न जिज्ञासा राखेका थिए । बोर्डले मंगलबार(आज) बाँकेका विभिन्न सरकारी कार्यालयका प्रमुख लगायतसँग पनि विज्ञापन वितरण लगायत विषयमा छलफल गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका ६१ मतदानस्थल अति संवेदनशील, सुरक्षा व्यवस्था कडा

१३ माघ २०८२, मंगलवार १५:४०
नेपालगञ्ज : बाँके जिल्ला भारतसँग ६५ किलोमिटरको खुला सिमाना गाँसिएको जिल्ला हाे । अन्य समयमा समेत सुरक्षाका दृष्टिकाेणले स‌वेदनशिल मानिने बाँकेमा प्रतिनिधिसभाको निर्वाचनका बेला झनै स‌वेदनशिल मानिन्छ । जिल्लामा आठवटा पालिकाका १३९ वटा मतदानस्थल छन् । जसमध्ये ६१ वटा अति संवेदनशील, ५० वटा संवेदनशील तथा २८ वटालाई सामान्य मतदानस्थल तोकिएको […]

सम्बन्धित

ताजा अपडेट