राजनीतिक दल र निर्वाचन कार्यालयबीच सर्बदलिय सर्बपक्षिय बैठक

सदरलाइन संवाददाता ५ माघ २०८२, सोमबार १८:५१
 

नेपालगञ्ज :  फगुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मनोनयनको लागि बाँकेमा तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत दिपककुमार दाहालले बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा आज सर्वदलिय बैठक बसेर भोली हुने मनोनयनलाई कसरी मर्यादित र शान्त बाताबरणमा सम्पन्न गर्न सकिन्छ भनेर राजनीतिक दल, स्वतन्त्र उम्मदवार, पार्यवेक्षकसंग बृहद छलफल गरीएको बताए ।

उनले छलफलमा निर्बाचन आचार संहिताले निषेध गरिएको विषयमा छलफल गर्नुको साथै निर्वाचन कार्यालयमा भिडभाड हुन नदिन राजनीतिक दललाई समय तोकिएको जानकारी दिए ।

बाँकेको नेपालगञ्जस्थित पशु सेवा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा क्षेत्र नं २ को कार्यालय, क्षेत्र नं १ को राप्तीसोनारी गाउँपालिका, अगैयामा र निर्वाचन क्षेत्र नं २ को कपास विकास समिति, खजुरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन ।


बाँके क्षेत्र नं १ मा ६२ हजार ३ सय ५८ पुरुष ६२ हजार ३ सय ६७ महिला र २ जना अन्य गरी १ लाख २४ हजार ७ सय २७ मतादाता छन् ।

यसैगरी क्षत्रनंं २ मा ५७ हजार १ सय १७ पुरुष ५१ हजार १ सय ६७ महिला र ६ जना अन्यगरी १ लाख ८ हजार २ सय ९० मतदाता रहेका छन् । बाँके क्षेत्र नं तीनमा ५८ हजार ६ सय ६४ पुरुष ५९ हजार ६ सय ८९ महिला र १ अन्य गरि १ लाख १७ हजार ३ सय ३४मतदाता रहेका छन ।

बाँकेमा १३९ मतदान स्थलमा ४ सय मतदान केन्द्र तोकिएका छन । ३ निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दोस्रो विश्वव्यापी बौद्ध शिखर सम्मेलनमा भाग लिन जादै सार्क पत्रकार मञ्चका अध्यक्ष लामा

५ माघ २०८२, सोमबार १८:५१
नेपालगञ्ज : जनवरी २४–२५ मा आयोजना हुने दोस्रो विश्वव्यापी बौद्ध शिखर सम्मेलनमा सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले सहभागिता जनाउने भएका छन् । अन्तर्राष्ट्रिय बौद्ध महासंघले केन्द्रीय संस्कृति मन्त्रालयसँगको सहकार्यमा बुद्ध धम्मको दृष्टिकोणबाट समकालीन विश्वव्यापी चुनौतीहरूमा छलफल गर्न विश्वव्यापी बौद्ध नेताहरू, विद्वानहरू र नीति निर्माताहरूलाई एकसाथ ल्याउँने भएको कार्यक्रममा सहभागिता […]

ताजा अपडेट