मनाइयो १३ औं राष्ट्रिय पोसाक एवं टोपी दिवस

सदरलाइन संवाददाता १७ पुष २०८२, बिहीबार १६:१५
 

नेपालगञ्ज : विभिन्न युवा संस्थाको आयोजनामा आज १३ औं राष्ट्रिय पोसाक एवं टोपी दिवस बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन्। नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो।


दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्। १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ।

विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन्। यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। यही सन्दर्भमा काठमाडौंको वसन्तपुर क्षेत्रमा राष्ट्रिय पोसाक र ढाका टोपीसहित युवायुवती भेला भएर दिवस मनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुरू भयो नयाँ वर्ष सन् २०२६

१७ पुष २०८२, बिहीबार १६:१५
नेपालगञ्ज : ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरू भएको छ। येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो। नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन्। ग्रेगोरियन पात्रोका आधारमा […]