जसपाद्वारा बाँकेका तीनै निर्बाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस

सदरलाइन संवाददाता २९ मंसिर २०८२, सोमबार १८:४२
 

नेपालगञ्ज : जनता समाजबादी पार्टी बाँके जिल्ला कमिटीले आगामी फागुण २१ हुने प्रतिनिधि सभा निर्वाचनमा बाँकेको ३ वटै निर्बाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।

उम्मेदवार सिफारिसमा परेका जसपा महासचिव तथा पूर्वमन्त्री मोहम्मद ईस्तियाक राई बाँके निर्बाचन क्षेत्र नं. २ बाट एकाल सिफारिसमा परेको छन् ।

यसैगरी क्षेत्र नं. १ बाट अमर खुड्का र मो सलिम हल्वाई बाबु नेता सिफारिसमा परेका छन । क्षेत्रनं.३ बाट जयप्रकाश बर्मा (चिन्टु बर्मा), हिरालाल लोनिया, ग्यासुद्दिन खान, असलम अन्सारी, तरन्नुम बानो राई रहेका छन् ।


यसैगरी समानुपातिक तर्फ हसिना खाँन, गीताकुमारी ठकुरी, तरन्नुम बानो ढपाली, लिला सिह मल्ल (लालिमा), उमेश यादव, नसरिन हल्वाई, अनिस धोवी, रुही बनो हल्वाई, किरण बमार्, जनक कुमारी चिडिमार, किर्तन हरिजन (चमार), मो जाबेद खान र विनिता बर्मा सिफारिसमा परेको पार्टी सचिव राजेन्द्र बिश्वकर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीका मुख्यमन्त्री आचार्य खुला केन्द्रीय सदस्यका उम्मेदवार

२९ मंसिर २०८२, सोमबार १८:४२
नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा खुला तर्फ केन्द्रीय सदस्यका उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । संघीयता सुदृढीकरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका आचार्यले खुला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन । नेकपा एमालेका अनुभवी, अनुशासित र परिणाममुखी नेताका रूपमा […]

सम्बन्धित