२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

ढुंगानाको निधनले कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति :  मुख्यमन्त्री आचार्य



दाङ :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चर्चित वर्रे संघर्षका योद्धा भेषराज ढुंगानाको निधनले सिंगो कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताएका छन ।

सन्धिखर्क नगरपालिका–२ कुरमा जन्मिएका हाल गढवा गाउँपालिका–६ हाँसिपुर निवासी ८१ वर्षीय ढुंगानाको काठमाडौँमा उपचारको क्रममा निधन भएको थियो ।

ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले उनले आफ्नो जीवनकालमा १४ वर्ष कठोर जेल जीवन बिताएको स्मरण गरेका छन ।

सामाजिक तथा राजनीतिक रूपान्तरणमा ढुंगानाले खेलेको भूमिका सधैं स्मरणीय रहने उल्लेख गर्दै उनले श्रद्धाञ्जली वक्तव्यमा भनेका छन् । ‘सामाजिक तथा राजनीतिक रूपान्तरणमा पु¥याउनुभएको योगदान सधैं सम्झना रहनेछ । यहाँको निधनले सामाजिक तथा लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको छ ।’

तत्कालीन समयमा वर्रे संघर्ष, निरंकुशतन्त्र र पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भएकै कारण ढुंगानाले १४ वर्ष राजनीतिक बन्दीको रूपमा कठोर जेल जीवन बिताउनु परेको थियो ।

उनीसँगै वेदुराम भुसाल, हेमनाथ भुसाल, नेत्र ढुंगाना, लिला ढुंगाना र बुद्धि रायमाझीले पनि जेल जीवन बिताएको मुख्यमन्त्री आचार्यले स्मरण गरेका छन् ।

प्रकाशित मिति : २०८२ मंसिर १९ गते शुक्रबार
ताजा समाचार