अत्तरियाबाट कोहलपुर आईपुग्यो ट्रान्सफर्मर

१४ आश्विन २०७३, शुक्रबार १४:२४
 

सदरलाइनडटकम  14528293_10154494826893563_2138502378_n
१४ असोज, नेपालगन्ज : नेपालगन्जमा विद्यमान रहेको विद्युत संकट अव केही मात्रामा हल हुने भएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघको पहलमा कोहलपुरस्थित विद्युत प्राधिकरणले कैलालीको अत्तरिया सवस्टेशनबाट १५ मेघावाटको ट्रान्सफर्मर झिकाए पछि सो समस्या केही हल हुने भएको हो ।
गत भदौ ४ गते प्राधिकरणको ट्रान्सफर्मर विग्रिएपछि बाँकेको शम्शेरगञ्ज र बर्दिया गुलरियाको विद्युत सप्लाईमा समस्या हुनुको साथै नेपालगन्जमा समेत अत्यन्तै असहजता भएको थियो । प्राधिकरणका सुपरभाइजर लक्ष्मीराज जोशीका अनुसार अत्तरियाबाट झिकाइएको ट्रान्सफर्मर जोड्ने प्रक्रिया सुरु भइसकेको छ ।
ट्रान्सफर्मर अत्तरियाबाट कोहलपुर आइपुगेको बताउँदै जोशीले प्राविधिकहरुले जडानको प्रक्रिया प्रारम्भ गरिसकेका जानकारी दिए । यसअघिको सोही क्षमताको ट्रान्सफर्मर विगँ्रदा ३० मेघावाटको ट्रान्सफर्मरबाट शम्शेरगञ्ज र गुलरियामा आलोपालो प्रणालीबाट विद्युत उपलब्ध गराइँदै आइएको प्राधिकरणले जनाएको छ ।
नेपालगन्ज उद्योग बाणिज्य संघको नेतृत्वले सो ट्रान्सफरमर अत्तरियाबाट कोहलपुर ल्याउनको लागि प्राधिकरणको केन्द्रमा नै निक्कै दवाव दिएको कारणले आई पुगेको हो । सो ट्रान्सफरमर जडानको लागि कम्तीमा १० दिन लाग्ने संघका कोषाध्यक्ष आदेश कुमार अग्रवालले जानकारी दिए ।
उनले कोहलपुरमा रहेको पुरानो ३० मेगावाटको ट्रान्सफर्मरबाट सुर्खेत, बर्दिया, कोहलपुर र नेपालगन्जलाई आलोपालो गरेर दिएको अवस्थामा नयाँ ट्रान्सफर्मरबाट नेपालगन्जलाई १० मेगावाट दिने सहमति भएको बताए । उनले संघको नेतृत्वले जतिसक्यो चाँडो विद्युत नियमित गर्न पहल गरेको बताए ।


14509309_10154494826943563_223182533_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशैको चहलपहल !

१४ आश्विन २०७३, शुक्रबार १४:२४
 नेपालगन्जको बागेश्वरी मन्दीरमा बडादशैको पहिलो दिनको चहल पहल । दशैको अष्टमी र नवमीको दिन अत्यन्तै बढी भक्तजनहरुको भिड हुने गर्दछ । फोटो : सपना विष्ट/सदरलाईन