‘राष्ट्रको प्रमुख भइसकेको व्यक्ति राजनीतिमा फर्किने विषय कल्पना बाहिरको कुरा’

सदरलाइन संवाददाता १४ श्रावण २०८२, बुधबार १९:१५
 

काठमाण्डौं  : दुइ पटक राष्ट्रको प्रमुख भएको व्यक्तिमा पुनः राजनीतिमा फर्किने इच्छा होला भन्ने कल्पनै गर्न नसकिने नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताएका छन् ।

बुधबार जिफन्टको १२औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको राजनीति र ट्रेड युनियन आन्दोलन विषयमा एकघण्टा लामो प्रशिक्षणका क्रममा उनले यस्तो कुरा बताएका हुन ।

राष्ट्रपति बनाउने समयमै उमेर र क्रियाशीलताका हिसावले विद्यादेवी भण्डारी उपयुक्त नहुने आफुले कुरा राखेको पनि महासचिव पोखरेलले बताए । विद्या भण्डारीको निवासमै गएर आफुले तपाईले इच्छा नगर्दा राम्रो हुने सल्लाह समेत दिएको तर, पार्टीले निर्णय गरेपछि सबैले सर्वसम्मत राष्ट्रपति बनाएको महासंचिव पोखरेलले बताए ।


‘विरोधका बावजुद पार्टीले निर्णय गर्यो र दुइ कार्यकाल राष्ट्रपतिको कार्यकाल पुरा गर्नुभएपछि अब वहाँ राजनीतिमा फर्किनुहोला भन्ने लागेकै थिएन । तर, उहाँमा त्यो धैर्यता देखिएन’–उनले भने । पोखरेलका अनुसार पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार विद्या भण्डारी सम्मानित भएर बस्नुपर्छ भन्ने छ । पार्टीको दृष्टिकोण त्यही हो उनले पार्टीको नीति र निर्णलाई मनन गर्दै पार्टी पद्धतीको पालना गर्ने अपेक्षा छ ।

पार्टी नेतृत्वमा दुई कार्यकालको विषय पार्टीको प्रतिष्ठालाई कमजोर बनाउने गरी अनावश्यक, भ्रमपूर्ण र तथ्यहिन भएको उनले बताए । त्यस्तै ७० वर्ष उमेरको हद लोकतान्त्रिक मूलयमान्ताको विषेशता विपरित नभएको उनको भनाई थियो । कस्तो पार्टी हुने भन्ने मदन भण्डारीको विचारलाई स्मरण गर्दै नेतृत्व रहस्यमय र अलौकिक पात्र जस्तो हुनुहुँदैन जनताबाट अनुमोदित हुनुपर्छ भन्ने कुरामा उनको जोड थियो ।

‘पहलकदमी, प्रतिष्पर्धाको नीतिलाई हामी अवलम्बन गरेको बताउदै पार्टीको लोकतान्त्रिकरणको मुल थ्रस्टबाट पार्टी तलमाथि नभएको साथै महाधिवेशनमा उमेद्वार बन्ने सबैको अधिकार सुक्षित छ तर जनमतबाट नेतृत्व छान्ने अधिकार प्रतिनिधिहरुमा हुन्छ’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा मानव बेचबिखनविरुद्धको ऐक्यबद्धतामा समुदायको साथ

१४ श्रावण २०८२, बुधबार १९:१५
  बर्दिया : मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२५ को अवसरमा मधुवन नगरपालिका र राजापुर नगरपालिका, बर्दियामा विभिन्न सचेतना मुलक गतिविधि गरी मनाईएको छ । प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको सहकार्यमा जनचेतनामुलक ¥याली तथा सामुदायिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको थियो । यस कार्यक्रमले समुदायमा मानव बेचबिखनको समस्यालाई उजागर […]