
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरले सञ्चालन गरेको वारुणयन्त्र शाखाबाट वितेका दुई वर्षमा २ सय २१ वटा आगलागीका घटनामा सेवा प्रवाह गरेको छ । यी मध्ये एकतिहाई घटना विद्युत सर्ट भएर भएको पाईएको छ ।
शाखा प्रमुख झईन्द्रबहादुर खड्काका अनुसार २०८० सालमा ९२ वटा, २०८१ मा १०१ वटा र २०८२ को असार २३ गतेसम्म २८ वटा घटनामा सेवा प्रवाह गरेको छ ।
उनले शाखामा रहेको ३ वटा दमकल र एक मोटरसाईकलबाट नेपालगञ्ज तथा आपसका जिल्लासंगै छिमेकी मुलुक भारतमा समेत सेवा प्रवाह गर्दै आएको बताए ।

उनले भने–‘आगलागिको खबर आउने बित्तिकै शाखाबाट अवस्था हेरेर हामी मुभ हुने गरेका छौ । हामीलाई सबै भन्दा बढी चुनौती अव्यवस्थित रुपमा झुण्डिएका बिद्युत तथा ईनटरनेटका तारले बनाएको छ ।’
अव्यवस्थित तारका कारण दमकल मुभ हुन कठिन हुने गरेको उनले बताए । पुरानो तथा ग्रामिण बस्तीहरुमा हुने साघुरा गल्लीमा समेत दमकल लैजान कठिन हुने गरेको उनले बताए ।
उनले सबैभन्दा बढी आगजनीको घटना विद्युतको सर्ट् भएर घटेको पाईएको बताए । २०८० मा भएको आगजनीको घटनाकम ४६ वटा र २०८१ मा २९ वटा विद्युत सर्ट भएर आगजनीका घटना भएको बताए ।


