
बर्दिया : जिल्ला प्रसाशन कार्यालय बर्दियामा सुरक्षित आप्रवासन बारे सेवाग्राहीलाई जानकारी दिनुका साथै मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध संदेश प्रवाह गर्ने उद्देस्यले डिजिटल बोर्डको स्थापना गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा बर्दियामा संचालित सुरक्षा परियोजना अन्तर्गत जिल्ला प्रशासन कार्यालयको सहकार्यमा सहयोग गरिएको बाँके युनेस्को क्लबका उप कार्यकारी निर्देशक गोबिन्दप्रसाद लामिछानेले बताए ।
बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले रिबन काटेर उक्त बोर्डको विधिवत रुपमा उद्घाटन गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी कठायतले यो संदेश मुलक श्रब्य दृस्य सामग्रीले सुरक्षित आप्रवासन बारे सेवाग्राहीलाई जानकारी दिनुका साथै मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध संदेश प्रवाह गर्ने कुरा बताए ।

उनले मानब बेचबिखन बिरुद्धको अभियानमा बाँके युनेस्को क्लबले अभियानहरु संचालन गरेकोमा धन्यवाद दिदै आगामी दिनमा कार्यालयसंग समन्वय सहकार्य गरेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिए ।
बाँके युनेस्को क्लबका परियोजना संयोजक इश्वर बिकले संचालन गरेको उक्त कार्यक्रममा जिल्ला प्रसासन कार्यालयका प्रशासकिय अधिकृत बिमल गुरुङ, धनीराम शर्मा, कम्पुटर अपरेटर बिजयकुमार मल्ललगायतको उपस्थिति रहेको थियो ।
संथाले सुरक्षा परियोजना मार्फत बर्दियाका राजापुर र मधुबन नगरपालिका मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध अभियानहरु संचालन गर्दै आइरहेको छ ।


