२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

दहित समाज तदर्थ समिति निर्माण



दाङ्ग :  दहित अगुवाहरुको भेलाबाट ‘दहित समाज’ गठन गरिएको छ । दहित समुदायको समुन्नती समृद्धि दस्तावेज तथा वंशावली निर्माण गर्ने उद्देश्यले दाङ्ग लमहीका शेषदत्त दहितको अध्यक्षतामा १३ सदस्यीय ‘दहित समाज’ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरिएको हो ।

यसैगरी समाजको उपाध्यक्षद्वय भारती देवी दहित कंचनपुर, अशोक दहित सुर्खेत, महासचिव गणेश दहित बाँके, सचिव गोबिन्द दहित बाँके, कोषाध्यक्ष कृष्णी दहित बर्दिया, सदस्यहरुमा जिउलाल दहित कंचनपुर, दुर्गबहादुर दहित सुर्खेत, श्रीराम दहित दाङ्ग, हिरा दहित कैलाली, उदय दहित कंचनपुर, महेश दहित बर्दिया, जगतराम दहित कैलाली रहेका छन् ।

तदर्थ समितिको प्रथम बैठक बसेर डा गोपाल दहितको संयोजकत्वमा अधिवक्ता गणेश दहित र शेखर दहित रहेको तीन सदस्यीय विधान निर्माण समिति गठन गरेको छ ।

अध्यक्ष ,महासचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षर रहने गरि नेपाल बैंक लिमिटेड बाँके शाखामा हिसाब खाता संचालन गर्ने निर्णय गरेको छ । ‘दहित समाज’ केन्द्रीय समितिको सम्पर्क कार्यालय कोहलपुर–११ बाँकेमा रहने निर्णय गरेको हो ।

‘दहित समाज’ गठन, उद्देश्य, रिति संस्कृति, इतिहास सम्बन्धमा डा गोपाल दहित, जिउलाल दहित, पुर्व सांसद पट्टु दहित, गोबिन्द दहित, शेषदत्त दहित, दुर्ग बहादुर दहित, अशोक दहित, श्रीराम दहित लगायतकाले धारणा राखेका थिए । भेला सहजीकरण शेखर दहितले गरेका थिए ।

प्रकाशित मिति : २०८२ जेठ २७ गते मंगलबार
ताजा समाचार