नेपालगञ्जमा किड्स फेस्टिभल गरिँदै

सदरलाइन संवाददाता ६ मंसिर २०८०, बुधबार १३:४४
 

नेपालगञ्ज : बालबालिकामा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ नेपालगञ्ज किड्स फेस्टिभलको दोस्रो संस्करण आगामी १६ गते नेपालगञ्जमा आयोजना गरिने भएको छ । आयोजक लिभवेल काउन्सिलिङका अध्यक्ष भोजराज शर्माले फेस्टिभलको दोस्रो संस्करणमा चार वटा विधालाई महत्व दिएको बताए ।

उनका अनुसार फेस्टिभलमा बालबालिकाले गायन, नृत्य, चित्रकला र वक्तृत्वकला प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । त्यसबाहेक फेस्टिभलमा सहभागी भएका बालबालिकाले आफ्नो जुनसुकै प्रतिभा प्रस्तुत गर्न सक्ने छन् ।


इभेन्ट्समा प्रिस्कुलदेखि लिएर कक्षा १२ सम्मका विद्यार्थीलाई विभिन्न तीन समूहमा विभाजन गरेर प्रतिस्पर्धामा सहभागी गराउने आयोजकको तयारी रहेको छ । बाल साहित्य र सिर्जनाको खुला उत्सवका रूपमा रहेको फेस्टिभलमा गत वर्ष ४७० जना बालबालिकाको सहभागिता रहेको थियो । यस पटक फेस्टिभललाई अझै फरक र व्यवस्थित ढङ्गले आयोजना गर्ने तयारी गरेको अध्यक्ष शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा खाद्य व्यवस्था कम्पनीद्वारा धान खरिद गर्न शुरु

६ मंसिर २०८०, बुधबार १३:४४
नेपालगञ्ज : नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका कृषकहरूले उत्पादन गरेको धान बुधबारबाट खरिद गर्न शुरु गरेको छ । कम्पनीको प्राङ्गणमा धान विक्री गर्न आएका पहिलो किसान जानकी गाउँपालिका ५ का सावित राम यादवलाई अबिर र फूलमालाले स्वागत गरेर धान खरिद शुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी […]